वडा भवन आफ्नै जग्गामा बन्छ : पौडेल

खाँडादेवी गाउँपालिका वडा नम्बर ५ को कार्यालय विवाद

 बिहिबार, चैत्र ९, २०७९ | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ का अध्यक्ष मनोज पौडेलले कार्यालयको भवन वडाको आफ्नै जग्गामा निर्माण हुने बताए । केही स्थानीयहरुले वडा कार्यालय अपायक भएको भन्दै पायक पर्ने ठाउँमा सार्न माग गरिरहेका बेला वडा अध्यक्ष पौडेलले पत्रकार सम्मेलन गरी वडा कार्यालय भवन वडाको आफ्नै जग्गामा निर्माण हुने बताएका हुन् । सर्वपक्षीय सहमतिको आधारमा भवन निर्माणको लागि सम्झौता गरी कार्यादेश समेत आइसकेको पौडेलले बताए । सर्वपक्षीय भेलाले भवन निर्माणको अधिकार जनप्रतिनिधिलाई दिएपछि निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए । सर्वपक्षीय भेला गरी ३५ दिने सूचना समेत टाँस गरिएको र सो अवधिमा कोही कसैबाट उजुरी र विरोध नआएपछि निर्माण प्रक्रिया अघि बढेको पौडेलको भनाइ छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माण कार्य सुरु भइसकेकाले वडा कार्यालय अन्त जाने सम्भावना नरहेको पौडेलले बताए । ‘केही मानिसहरुले वडा कार्यालय सार्नुपर्ने माग गर्दै विरोध गरिरहेका छन्, विरोधको कुनै तुक छैन’ उनले भने । ‘२०५४ सालदेखि वडा कार्यालय रहिआएको ठाउँमा अहिले नयाँ भवन निर्माण गर्न लागिएको हो, म वडा अध्यक्ष भएपछि ठाउँ सारेको होइन, वडा कार्यालयको नाममा रहेको जग्गा पनि यही मात्रै हो । त्यसैले वडा कार्यालय यही बन्छ’ उनले भने । वडा कार्यालय अपायक भएको भनि यसअघि कसैबाट गुनासो नआएको भन्दै वडा कार्यालय भवन बन्न नदिन नाटक मञ्चन गरिएको पौडेलको भनाइ छ । वडा कार्यालय भवन बन्न नदिनु भनेको विकास विरोधी कार्य हो, उनले भने । विरोध गरेजस्तो वडा कार्यालय अपायक नभएको पनि अध्यक्ष पौडेलले बताए ।
खाँडादेवी गाउँपालिका–५ ठाँटीमा वडा कार्यालयको नाममा १ रोपनी जग्गा रहेको छ । सोही जग्गमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । वडा कार्यालयको आफ्नो भवन नहुँदा कोठा भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको छ ।

त्यही ठाउँमा भवन बनाए भत्काउछौँ  : श्रेष्ठ

खाँडादेवी गाउँपालिका वडा नम्बर ५ को कार्यालय अपायक भएको भनि पायक पर्ने ठाउँमा सार्न माग गर्दै आएका नेपाली काँग्रेसका नेता राजनारायण श्रेष्ठले अहिलेकै ठाउँमा वडा कार्यालय भवन निर्माण गरिए भत्काइदिने बताएका छन् । हाल वडा भवन बन्न लागेको ठाँटीमा आपूmहरुको सहमति नरहेको भन्दै त्यो ठाउँमा कुनै हालतमा भवन बन्न नदिने बताए । हाल वडा कार्यालय भएको ठाउँ आपायक रहेको भन्दै सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्नुपर्ने उनको भनाई छ । वडा कार्यालय भवन निर्माणको विषयमा सर्वपक्षीय बैठक बोलाउनु पर्ने र सर्वपक्षीय भेलाको निर्णय मान्न आपूmहरु तयार रहेको पनि उनले बताए । वडा कार्यालय सबैलाई पायक पर्ने ठाउँमा सार्न माग गर्दै केही स्थानीयले नारा जुलुससहित प्रर्दशन समेत गरेका थिए । वडा अध्यक्षले एकटौली ढंगले वडा भवन निर्माण गर्न लागेको आरोप लगाउँदै आन्दोलोनकारीले वडा अध्यक्षको विरुद्धमा समेत नाराबाजी गरेका थिए ।

प्रतिकृया

Add