सहकारी सञ्चालकलाई क्षमता विकास तालिम

 शुक्रबार, चैत्र १०, २०७९ | onlinenews

 रामेछाप- सहकारी सञ्चालनहरुको क्षमता विकासका लागि आधाभूत तालिम शुक्रबारदेखि मन्थलीमा सुरु भएको छ । सहकारीको संस्थागत विकासमा सहयोग पुर्याउने उद्देश्यले रामेछापमा सञ्चालित सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको हो ।
तालिम उद्घाटन गर्दै जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले तालिमलाई सार्थक बनाउन सहभागिहरुलाई आग्रह गरे । केही सञ्चालकहरुका कारण पछिल्लो समय सहकारी बद्नाम हुँदै गएको भन्दै जिल्लाका सहकारीहरुलाई नीति, विधि र थितिका आधारमा काम गर्न आग्रह गरे । तालिमले सहकारी सञ्चालकहरुमा भएको दुविधा हटाइ नेतृत्वमा आत्मा विश्वास बढाउनेमा आपूm आशावादी रहेको ढुङ्गेलले बताए ।
उद्घाटन कार्यक्रमका अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संस्था रामेछापका अध्यक्ष जगन्नाथ दहालले २ दिनसम्म सञ्चालन हुने तालिमले जिल्लाको सहकारी विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफस्कुनको प्राविधिक सहयोगमा सञ्चालित तालिममा जिल्ला भरिका २ दर्जन सहकारी सञ्चालकहरुको सहभागिता रहेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नवीन केसीले जानकारी दिए ।

प्रतिकृया

Add