सहकारीमाथि चौतर्फी हमला भइरहेको छ : खड्का

 शनिबार, चैत्र ११, २०७९ | onlinenews

रामेछाप– नेफ्स्कुन सञ्चालक तथा प्रोक्सुन बागमती प्रदेशका महासचिव जिवसराज खड्काले सहकारी संस्थाहरुमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । सहकारीको पहुँच टोलटोल तथा घरघरसम्म भएकाले सहकारीलाई तहसनहस पार्न विभिन्न तत्वहरु लागिपरेको खड्काले बताए । बैंकहरुको प्रतिस्पर्धी सहकारी भएकाले बैकहरु समेत सहकारीको विरुद्धमा लागेको खड्काको भनाइ छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सहकारी संस्था सञ्चालकहरु लागि आयोजना गरिएको दुई दिने तालिमको समापन कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । सहकारी संस्थाका सञ्चालहरुलाई तालिम दिने नेफ्स्कुनको कार्यक्रम अनुसार नै तालिम आयोजना गरिएको पनि उनले बताए । सहकारी नीति, विधि, थिति, कार्यविधि र प्रविधिमा चल्नुपर्ने खड्काले बताए । केही सञ्चालकहरुको बदमासिको कारण समग्र सहकारी क्षेत्रमा आक्षेप लागेको भन्दै नीति र विधिमा रहेर संस्था सञ्चालन गर्न पनि उनले आग्रह गरे । उनले भने– नेतृत्व र ब्यवस्थापन कै कारण संस्था समस्यामा परेको छ, सदस्यहरुको कारण सहस्या परेको होइन, त्यसकारण सञ्चालकहरु इमान्दार बन्नुपर्छ ।
सहकारी संस्थाको स्तरीकरण र स्थिरीकरणको लागि पनि नेफ्स्कुनले कार्यक्रम सञ्चालन गरिरहेको खड्काले बताए । स्तरीकरण कार्यक्रममा ५ सय ५० वटा संस्थाहरु आवद्ध रहेको जानकारी दिंदै जस अन्तर्गत १२ करोड पुँजी रहेको बताए । नेफ्स्कुन फिल्ड कार्यालय रामेछापको कारोबार ४५ करोड रहेको पनि खड्काले बताए । तालिमका प्रशिक्षक तथा नेफ्स्कुनका बरिष्ठ अधिकृत नवीनराज दाहालले सहकारी संस्थाले नीति र विधिलाई कडाइका साथ पालना गर्नुपर्ने बताए । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहालले सहकारी सञ्चालकहरुले सुशासन दिन सक्नुपर्ने बताए । सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा दिनु आवश्यक रहेको पनि उनले बताए । जिल्ला संघको तर्फबाट थप तालिमको लागि समन्वय र पहल गर्ने पनि दाहालले बताए । सुनापति गाउँपालिकमा आधारशीला कार्यक्रम सञ्चालन गरिएको जानकारी दिंदै यो कार्यक्रम सबै ठाउँमा सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
तालिमका सहभागि कल्पाना गिरीले तालिमबाट विनियम नबुझदा सामान्य कम्जोरीका कारण संस्थामा समस्या आएको रहेछ भन्ने कुरा थाहा पाएको बताइन । सञ्चालनकले विनियम जान्नु अनिवार्य रहेछ उनले भनिन् । त्यस्तै अर्का सहभागि ज्ञानबहादुर खड्काले तामिलमबाट सदस्यहरुको सम्पत्ती रक्षा गर्ने दायित्व भएको सञ्चालको तर्पmबाट सदस्यहरुका अनुहारमा हाँसो ल्याउन ढुक्कले अघि बढ्ने सक्ने कताक मिलेको बताए ।

प्रतिकृया

Add