रामेछाप प्रदेश स्तरीय सांस्कृतिक सम्मीलन हुँदै

 शनिबार, चैत्र ११, २०७९ | onlinenews

 रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक बागमती प्रदेश स्तरीय सांस्कृति सम्मीलन हुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बाममती प्रदेश कमिटीले चैत्र १२ गतेदेखि १४ गतेसम्म सांस्कृति सम्मीलन गर्न लगेको हो । जिल्लाको पर्यटन, कृषि, साहित्य, लोक संस्कृति, चित्रकाला, मूर्तिकला, संगीत कला तथा धार्मिक क्षेत्रको पहिचान गरी प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष होमराज श्रेष्ठले जानकारी दिए । चैत्र १२ गते रामेछाप भंगेरीकोस्थित पुष्पलाल पार्कमा सम्मीलन उद्घाटन गरेर थप कर्यक्रमको लागि मन्थली आउँने आयोजकले जनाएको छ ।
कार्यक्रममा जिल्लाका सबै पालिकाका सम्भावित सांस्कृति, धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा प्रस्तुती गर्ने साथै नजिकका क्षेत्रमा स्थलगत अध्ययन तथा अवलोकन गर्ने बताइएको छ । सम्मीलनमा राजधानी काठमाडौँ लगायतका जिल्लाबाट कलाकार, साहित्यकार लेखक, विषय विज्ञ तथा राजनीतिक कर्मिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रममा माझी लगायत विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीहरु प्रदेर्शन गरिनुका साथै स्थानीय साहित्यकार र कलाकारहरुको लागि छुट्टै समयको व्यवस्थापन गरिएको पनि संस्थाा अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रम ब्यवस्थापनको लागि महासंघको प्रदेश अध्यक्ष समेत होमराज श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय सम्मीलन आयोजक समिति गठन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई उद्देश्य जिल्लाका सबै पालिकाहरुको सम्भावित पर्यटकीय स्थाल, धार्मिक क्षेत्र तथा ऐतिहासिक स्थलहरुको पहिचान गरीे प्रचार प्रसार गराउनु रहेको श्रेष्ठले बताए । जसका लागि ४ वटा समूह गठन गरी ४ वटा स्थानीय निकायलाई लक्षित गरी स्थलगत अवलोकन भ्रमण समूह समेत गठन गरिएको जानकारी दिए ।

प्रतिकृया

Add