रामेछाप विमनस्थलबाट एकैदिन ५७ उडान ८ सय ८४ पर्यटक लुक्लामा

 सोमवार, चैत्र २०, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– सोमबार रामेछाप विमानस्थलबाट पछिल्लो सिजकै सबैभन्दा धेरै ५७ उडान भएको छ । यो सिजनमा सदरमुकाम मन्थलीस्थित रामेछाप विमानस्थलबाट यति धेरै उडान भएको यो पहिलो पटक हो । सोमबार दिनभर लुक्लाको मौसम सफा रहेकाले यति धेरै उडान सम्भव भएको रामेछाप विमानस्थलले जनाएको छ । दुई पर्यटकीय सिजनमा गरी वर्षमा ६ महिना उडान हुँदै आएको छ । लुक्लाका लागि उडान सुरु भएसँगै सोमबार ८ सय ८४ पर्यटकहरु लुक्लाका लागि उडेको रामेछाप विमानस्थलका इञ्चार्ज प्रविण सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सोमबार तारा एयरलायन्सका जहाजले १५, सीताले २० र समिट एयरलायन्सका जहाजले २० उडान र हेलिकोप्टरले २ उडान गरेका छन् । काठमाडौँमा अत्याधिक एयर ट्राफिक जामका कारण लुक्ला जाने पर्यटकहरु रामेछापसम्म ट्राभल्स एजेन्सिमार्फत आइ रामेछाप विमानस्थलबाट लुक्ला प्रस्थान गर्दछन् । काठमाडौँबाट सवारी यातायात मार्फत मन्थली आर्लिएपछि जहाज चढेर सिधै लुक्ला उड्ने भएकाले विमानस्थल आसपालका होटलहरुमा पर्यटककको चहलपहल देखिए पनि होटल ब्यवसायमा भने खासै प्रभाव देखिएको छैन । पर्यटकहरु मन्थलीमा बास नबस्ने भएकाले पर्यटकको आगमनले मन्थलीका होलट व्यवसायलाई खासै छोएको छैन । मन्थलीमा बस्नेत होलटको राम्रो व्यवस्था नभएको साथै महँगो भएको भनी गलत हल्ला चलाइएकाले पर्यटकहरु मन्थलीमा बास नबस्ने गरेको रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताए । मन्थलीका होटलहरुमा १ हजार जनासम्म पर्यटकहरुलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता रहेको र हल्ला गरेजस्तो महँगो नभएको पनि श्रेष्ठले बताए । मन्थलीका होटल व्यवसायीहरुले पर्यटकलाई सर्वशुलभ मूल्यमा सेवा सुविधा दिँदै आएको श्रेष्ठको भनाइ छ ।
रामेछाप विमानस्थलबाट दैनिक यतिधेरै उडान भइरहँदा ७ वर्षदेखि रामेछापबासी भने जहाजमार्फत काठमाडौँ जान पाएका छैनन् ।

प्रतिकृया

Add