रामेछापमा इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायी संघ गठन

 मङ्लबार, चैत्र २१, २०७९ | onlinenews

रामेछाप– इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायीहरुको भेलाले ‘रामेछाप इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायी संघ’ गठन गरेको छ । सोमबार आयोजित व्यवसायीहरुको भेलाले इश्वरचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
संघका पदाधिकारीहरुमा उपाध्यक्ष युवारज सुवेदी, महासचिव प्रमोदकुमार श्रेष्ठ, सचिव विकास पुलामी र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी रहेका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा नवराज थापा, सरोज चौधरी, श्यामकुमार श्रेष्ठ, सन्तोष वि.क. बरुण श्रेष्ठ रहेका छन् । भेलाबाट १० सदस्यीय समिति गठन गरिएको र एक सदस्य पछि थप गरिने संघले जनाएको छ ।

प्रतिकृया

Add