रामेछापको कुनौरीमा खेलमैदान शिलान्यास

 मङ्लबार, चैत्र २१, २०७९ | onlinenews

 रामेछाप-  रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको छ । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठद्धारा शिलान्यास गरिएको हो । फुटबल, भलिबल लगायका राष्ट्रिय स्तरका खेल खेलाउन सकिने गरी खेलमैदान निर्माण गर्न लागिएको रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज माझीले जानकारी दिए । राष्ट्रिय स्तरका खेल खेलाउने वृहत्त योजना रहेको छ माझीले भने ।
चालू आर्थिक वर्षमा रङ्गशाला निर्माणको लागि राष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदानको रूपमा स्थापित हुने माझीले बताए । यस वर्ष रङ्गशालाको लागि आवश्यक पर्ने दुई सय रोपनी भन्दा बढी क्षेत्रफलमा घेराबारा लगाइने पनि उनले बताए ।
खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक करोड बजेट बिनियोजन गरेको पनि उनले जानकारी दिए । माझीका अनुसार ‘भ्याट बाहेक ८० लाख रुपैयाँमा घेराबाराको लागि उपभोक्ता समितिसँग सम्झौता भएको छ । फुटबल मैदानको लागि आवश्यक पर्ने १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइका लागि १ सय ५० मिटर लम्बाई र १ सय मिटर चौडाइमा घेराबार गरिने छ । रंगशालाको डिपिआरमा राष्ट्रिय खेलको लागि रंगशाला, स्विमिङ पुल र कवर्ड हल सहितको संरचनाहरू निर्माण हुने उल्लेख छ ।

प्रतिकृया

Add