सांसद चौलागाईले मागे विकासका लागि ७ करोड बजेट

 बुधबार, चैत्र २२, २०७९ | onlinenews

रामेछाप– बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीसँग विकास योजनाका बारेमा छलफल गर्नुका साथै माग पत्र पेश गर्दै ध्यानाकर्षण समेत गरेका हुन् ।
सांसद चौलागाईले आर्थिक वर्ष २०८०/८१ का लागि दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. १ र २ को सीमानामा रहेको दोरम्बा सहिद पार्कका लागि २ करोड रुपैयाँ, मन्थली नगरपालिका–९ पुरानागाउँस्थित स्थानापति महादेव मन्दिर परिसरमा पार्क निर्माण गर्न १ करोड रुपैयाँ बजेट माग गरेका छन् । त्यसैगरी रामेछाप र दोलखाको सीमाना ठूलो शैलुङ्ग डाँडामा मन्दिर, पार्क र सिँडी निर्माणका लागि २ करोड रुपैयाँ बजेट माग गरेका हुन् ।
त्यस्तै सुनापति गाउँपालिका–४ भ्वाँसास्थित पेमा छोइलिङ गुम्बाका लागि १ करोड र खाँडादेवी गाउँपालिका–१ राकाथुमको थुवतेन ताडुप रिगतिलिङ गुम्बाका लागि १ करोड रुपैयाँ बजेट मन्त्रालयसँग माग गरेका छन् । धार्मिक तथा पर्यटनसँग सम्बन्धीत ५ योजनाका लागि सांसद चौलागाईले ७ करोड बजेट माग गर्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Nabin

    रामेछाप 2 न क्षेत्र मात्रै हो।अन्त हेर्नुपर्छ कि