डिएफओले महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप

 बुधबार, चैत्र २२, २०७९ | onlinenews

रामेछाप– डिभीजन बन कार्यालय रामेछापका डिभीजन बन अधिकृत रामशरण गौतमले कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको भनी उजुरी परेको छ । गौतमले बन भिडीजन कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै बन मन्त्रालयमा बेनामी उजुरी परेको हो । कार्यालयका महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भनी मन्त्रालयमा बेनामी उजुरी परेपछि कार्यालय प्रमुख गौतमले महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको हो । गौतमले महिला कर्मचारीको फेसबुक म्यासेन्जरमा अश्लील भिडियो तथा तस्वीरहरु पठाउने र आफ्ना निजी निवासमा बोलाउने गरेको भन्दै उजुरी परेको नाम नबताउने सर्तमा एक कर्मचारीले जानकारी दिए ।
यस विषयमा रामेछापका प्रमखु जिल्ला अधिकारी अनिता निरौला सँग सम्पर्क गर्दा उजुरी आएको स्वीकार गरेकी छन् । उनले यस विषयमा थप अनुसन्धान भइरहको जानकारी दिइन । डिभीजन बन अधिकृत रामशरण गौतमले पनि आपूm विरुद्ध उजुरी परेको स्वीकार गरेका छन् । गौतमले आपूm विरुद्ध बेनामी उजुरी परेको भन्दै छानविनको लागि पूर्णरुपमा सहयोग गर्ने बताए । गौतमले भने– ‘उजुरी परेकाले अनसन्धानबाट सत्य कुरा सार्वजनिक होस् भन्ने मेरो चाहना छ । आफूले महिला कर्मचारीमाथि दुर्व्यवहार नगरेका पनि दावि गरे ।

प्रतिकृया

Add