रामेछापको कौछिनीमा बोलेरो दुर्घटनामा ५ को मृत्यु

 बिहिबार, चैत्र २३, २०७९ | onlinenews

रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका–७ कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी ८ वर्षीय बालिका लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए । गम्भीर घाइते भएका बोलेरो चालक दलबहादुर आलेमगरको उपचारको क्रममा रामेछाप सामुदायिक अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । बिहीबार अपराह्न सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका–७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।

प्रतिकृया

Add