पूर्वसांसद पौडेलकोे ‘थातथलोका कथाहरु’ प्रकाशित

 शुक्रबार, चैत्र २४, २०७९ | onlinenews

रामेछाप- पूर्वसांसद देवशंकर पौडेलद्धारा संकलित प्राचीन कुराहरुको सङ्गालो ‘थातथलाका कथाहरु’ प्रशासन भएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानीहरुलाई समेटेर पौडेलले पहिलोपटक पुस्तकको रुप दिइएका हुन् । ‘थातथलोका कथाहरु’ नाम दिइएको पुस्तकको शुक्रबार नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक गर्दै परापूर्वदेखि चल्दै आएका प्रचलन र थातथलोहरुको बारेमा भावी पुस्तालाई जानकारी दिन यस्ता संकलन ऐतिहासिक दस्तावेज हुने बताए ।
रामेछाप जिल्लाका ६५ वटै वडाका प्रत्येक बस्ती र टोलहरुमा पुग्ने एकमात्र नेता हुन् पौडेल । पूर्वसांसद पौडेको अधिकांश समय गाउँघरमा घुम्ने र पुराना कुराहरुको खोजी र संकलन गर्नमा विताउदै आएका छन् । पौडेलले विभिन्न गाउँमा पुग्दा त्यस समयका बुढापाकाहरुसँगको कुराकानी र खोज अनुसन्धानबाट प्राप्त भएका ऐतिहासिक जानकारीहरुलाई संकलन गरेर राखेका थिए । कतिपय जानकारी उनले आफ्नो फेसबुक वालमा सार्वजनिक समेत गर्दै आएका थिए ।ती नै संकलित जानकारीहरुलाई ‘थातथलोका कथाहरु’ शीर्षकमा पौडेलले पुस्तकाकार गरेका हुन् । पुस्तकमा विभिन्न गाउँ तथा टोलको नाम कसरी रहन गए भन्नेदेखि विभिन्न जातिहरुको उत्पत्ति र पलायनसम्मका जानकारीहरु समेटिएका छन् । भावी पुस्ताका लागि जानकारी होस् भनेर आफूले सकेसम्म सही जानकारीहरु समेटेर पुस्तकमा राखिदिएको लेखक पौडेलले बताए । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको सो पुस्तकमा रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँको नाम कसरी रहन गयो भन्ने जानकारीहरु बढी समावेश छन् ।

प्रतिकृया

Add