रामेछाप कारागारमा एक कैदीको मृत्यु

 शुक्रबार, चैत्र २४, २०७९ | onlinenews

रामेछाप- जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका–३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारु िदिए । उनका अनुसार ५२ वर्षका दर्जी मर्तव्य ज्यान मुद्दामा गत फागुन ४ गते जेल परेका थिए । मृतक दर्जीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

प्रतिकृया

Add