हिंसा र दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको छ : निरौला

 आइतवार, चैत्र २६, २०७९ | onlinenews

रामेछाप- कार्यस्थलमा हुन सक्ने यौनजन्य हिंसा तथा दुव्र्यवहारप्रति जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्ष भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताएकी छन् । जिल्लाभित्र सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला र पुरुष दुवैमाथि हिंसा हुन सक्ने भएकाले सबैलाई सचेत रहन पनि प्रशासनले आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यस्थमा हुने यौन हिंसा तथा दुव्र्यवहारप्रति चासो देखाएको हो । कार्यस्थलमा यौन हिंसा सहेर बसेका पनि हुनसक्ने भन्दै कार्यस्थललाई सुरक्षित, स्वच्छ तथा मर्यादित बनाउनु सबैको कर्तव्य भएको सूचनामा उल्लेख छ । कुनै पनि कार्यालयमा यस्ता घटना हुन नदिन र घटेमा कानुनी बाटो खुल्ला रहेको जानकारी सबैमा होस् भन्ने उद्देश्यले सूचना जारी गरिएको प्रजिअ निरौलाले बताइन् ।

प्रतिकृया

Add