भैँसीलाई सुत्केरी भत्ता

 मङ्लबार, चैत्र २८, २०७९ | onlinenews

रामेछाप-  मन्थली नगरपालिका पशु सेवा शाखाले सुत्केरी भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता प्रदान गरेको छ । १ सय ५२ किसानले पालेका १ सय ७० वटा भैँसीको सुत्केरी भत्ता स्वरुप प्रतिभैँसी २ हजार ५ सय रुपैयाँको दरले किसानलाई भत्ता रकम उपलब्ध गराएको हो । किसानलाई प्रोत्सान गर्ने उद्देश्यले सुत्केरी भैँसीको स्याहार तथा पोषणको लागि नगरपालिकाले सुत्केरी भत्ता प्रदान गर्दै आएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको साउँनदेखि असोजसम्म सुत्केरी भएका भैँसीहरुको लागि ४ लाख २४ हजार रुपैयाँ भत्ता वितरण गरेको मन्थली नगरपालिका पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत मुकुन्द खड्काले जानकारी दिए । त्यसयता सुत्केरी भएका भैँसीलाई भत्ताको लागि पाँच लाख रुपैयाँ बजेट रहेको र सूचना प्रकाशन गरी किसानको निवेदनको आधारमा भत्ता प्रदान गरिने खड्काले बताए । सहायक पशु विकास अधिकृत खड्काका अनुसार भैँसीको सुत्केसी भत्ता प्राप्त गर्नका लागि पशु बिमा अनिवार्य छ । बिमा गरेका भैँसी सुत्केरी भएमा कार्यालयले सूचना जारी गरेपछि किसानले माउ, पाडाको फोटो सहित कार्यालयमा निवेदन दिनु पर्ने र कार्यालयबाट अनुगन पछि भत्ता वितरण गरिने छ ।
मन्थली नगरपालिकाको पशु सेवा शाखाले दुधमा आत्मानिर्भर कार्यक्रम अन्तर्गत किसानलाई भैँसी सुत्केरी स्वाहार प्रोत्साहन भत्ता दिदै आएको उनको भनाइ छ । नगरपालिकाले भैँसीलाई सुत्केरी स्वाहार प्रोत्साहन भत्ता दिएपछि भैँसी पाल्न आपूmहलाई थप हौसला मिलेको किसानहरुको भनाइ छ ।

प्रतिकृया

Add