नेपाली कांग्रेसमा वडा अध्यक्षको विवाद, टुङ्गो लागेन उम्मेदवार

 सोमवार, चैत्र २८, २०७३ | onlinenews

चैत्र २८, रामेछाप
वडा अध्यक्ष पदको आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं ४ मा विवाद उत्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं. ४ सालुमा वडा अध्यक्ष पदको लागि ९ जनाले दावी गरेपछि उम्मेदवार छनौटमा विवाद भएको हो ।
मन्थली नगरपालिका वडा नं. ४ को उम्मेदवार छनौटको लागि सालुको सेतीदेवि मन्दीर परिषरमा बसेको नेपाली कांग्रेस वडा कमिटीको बैठकमा ९ जनाले अध्यक्ष पदको लागि आकांक्षा देखाएपछि विना निष्कर्ष बैठक टुङ्गिएको छ ।
उम्मेदवारको दावेदारमा नगर कमिटिका संयोजकदेखि क्रियाशिल सदस्यसम्म रहेको वडा कमिटिका सह–संयोजक बिमल काफ्लेले जानकारी दिए ।
श्रोतको अनुसार वडा नं. ४ को उम्मेदवारीको लागि नगर सदस्य गोविन्द प्रसाद काफ्ले, क्रियाशिल सदस्य दिनेश कुमार काफ्ले, सह–संयोजक बिमल काफ्ले, वडा सचिव शिवहरी सापकोटा, क्षेत्रीय सदस्य प्रतिनिधि राजन घिमिरे, संयोजक निरबहादुर खत्री, क्रियाशिल सदस्य कृष्णहरि खत्री, उप सभापति रामबहादुर रोका र उपसभापति सोमबहादुर थापामगरले दावि गरेका छन् ।
सबै आकांक्षीले उम्मेदवारीको दावी गरेपछि टिकट कस्लाई दिने भन्नेमा बैठकले टुङ्गो लगाउन नसकेको काफ्लेले हाम्रो अनलाइनलाई जानकारी दिए । आगामी वैशाख २ गते बस्ने बैठकले कसलाई उम्मेदवारको टिकट दिने भन्ने टुङ्गो लागाउँने पनि उनले बताए ।

प्रतिकृया

Add