रामेछापमा सडक महोत्सव सुरु

 शुक्रबार, बैशाख १, २०८० | onlinenews

रामेछाप- नयाँ वर्ष २०८० को अवसरमा आयोजित रामेछाप सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । रामेछाप जिल्लमा पहिलो पटक आयोजना गरिएको महोत्सव शुक्रबारबाट सुरु भएको हो । शनिबारसम्म चल्ने महोत्सवको उद्घटान शुक्रबार प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले गरेका हुन् । महोत्सव उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सांसद तामाङले आफ्नै कार्यकालमा रामेछापलाई समृद्ध बनाउने बताए । ‘५ वर्षमा ८ अर्ब बजेट ल्याएर रामेछापलाई समृद्ध बनाउने छु,’ तामाङले भने । रामेछापलाई समृद्ध बनाउने उद्देश्य बाहेर आफ्नो कुनै स्वार्थ नभएको भन्दै सोही अनुसार आफूले काम गरिरहेको उनको भनाइ छ । गत मंसिरदेखि हालसम्म आफूले जिल्लाको विकासमा महत्वपूर्ण काम गरेको सांसद तामाङको दावि छ । मंसिरयता जिल्लाको विभिन्न सडक कालोपत्र तथा नयाँ सडक निर्माणका लागि १ करोड भन्दा धेरै बजेट जिल्लामा ल्याएको छु उनले भने ।
उनले भने– मंसिरपछि प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा पैसा लान सक्नुभएको छैन तर मैले रामेछापमा १ करोड भन्दा बढी बजेट ल्याइसके । मन्त्रीहरुसँग कुरा भइरहेको छ, ढुक्क हुनुन् रामेछाप जिल्लामा सबै भन्दा धेरै बजेट ल्याइ विकास गरेर देखाउँने छु तामाङले भने । जिल्लाको सदरमुकाम मन्थलीमा सपिङ् मल बनाउनेदेखि टोल–टोल सम्मका सडकहरू कालोपत्रको योजना अघि सारेको तामाङको भनाइ छ । विकासमा सबै पार्टीलाई समेटेर अघि बढ्ने उनले बताए । नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका तामाङले जिल्लाको विकासका लागि प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरू एकजुट भएर लाग्नुपर्ने बताए । सांसदहरुले पार्टी भन्दामाथि उठेर काम गर्नुपर्ने तामाङको भनाइ छ । महोत्सव आयोजना गरेकोमा रामेछाप उद्योग वाणिज्य संघलाई धन्यवाद दिंदै जिल्लाको विकासका लागि निजी क्षेत्रसँग पनि समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।
त्यसैगरी बागमती प्रदेश सांसद आनन्द श्रेष्ठले यस्तो कार्यक्रमहरुले आर्थिक चलायमान बनाइ पैसा बजारमा ल्याउन सहयोग पुग्ने बताए । आर्थिक चलायमान बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य हुनु आवश्यक रहेको सांंसद श्रेष्ठको भनाइ छ । साथै यस्तो कार्यक्रमहरुले लोकतान्त्रलाई सस्थागत गर्न समेत सहयोग पुग्ने बताए । विकास र समृद्धिको लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकाले निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने पनि उनले बताए । शुक्रबार र शनिबार दुई दिन चल्ने महोत्सवमा माझी, नेवार, तामाङ, मगर, हायू लगायतको जातीय झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । राष्ट्रिय स्तरका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । महोत्वमा नेवारी खानाको परिकार, लोकल भाले र ढिडो, जिल्लामा उत्पादित जुनार लगायतका जुसहरु, स्थानीय जडिबढी, फलाम, ढाका, राडीपाखी, कृषिजन्य बस्तु, सिटिइभिटीइले उत्पादन गरेका वस्तु, अकुपञ्जर लगायतका स्टलहरु राखिएका छन् ।

प्रतिकृया

Add