दोरम्बा शैलुङ्गको बेरुजु ५ करोड नजिक

 शुक्रबार, बैशाख १, २०८० | onlinenews

रामेछाप-  रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार देखिएको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षणमा यति ठूलो रकम बेरुजु देखिएको हो । गाउँपालिकाभित्र बार्षिक रुपमा बेरुजुको संख्या बढदै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको साठिऔँ बार्षिक प्रतिवेदनमा गाउँपालिकाले महालेखाप रीक्षकबाट स्वीकृत लेखामानको ढाँचाको पूर्ण वितरण प्रयोग गरी वित्तीय विवरण तयार नगरेको उल्लेख छ ।

प्रतिकृया

Add