आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

 बुधबार, बैशाख ६, २०८० | onlinenews

रामेछाप-  बुधबार र बिहीबार दुई दिन देशब्यापीरूपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी र ६ महिनादेखि २३ महिनाका बालबालिकाहरूलाई बालभिट्टा खुवाइने मन्थली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
रामेछाप जिल्लामा भिटामिन ‘ए’ खुवाइने उमेर समूहका बालबालिका करिब १२ हजार १ सय ७७ र जुकाको औषधी खुवाइने उमेर समूहमा करिब १० हजार ८ सय ३२ बालबालिका रहेका मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक केशवराज फुयाँलले जानकारी दिए ।
फुयाँलका अनुसार मन्थली नगरपालिकामा जुकाको औषधी खुवाइने उमेर समूहका बालबालिका करिब २ हजार ५ सय ५५ र भिटामिन ‘ए’ खुवाइने समूहमा करिब २ हजार ८ सय ७२ रहेका छन् । ६ महिनादेखि ५ वर्षमुनीका बलाबालिलाई भिटामिन ‘ए’ खुवाइने र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाइने फुयाँलले बताए । भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउन रामेछाप जिल्लाभरी ७ सय ५२ स्वायम् सेविकाहरू परिचालन गरिएको पनि फुयाँलले जानकारी दिए ।
फुयाँलका अनुसार मन्थली नगरपालिकामा १ सय ६५ जना स्वयम्सेविकाहरू परिचालित भएका छन् ।

प्रतिकृया

Add