चट्याङ लागेर घाइते भएका आमाछोरीलाई बिआइजीको सहयोग

 आइतवार, बैशाख १७, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप-  यही वैशाख ८ गते अपरान्ह परेको चट्याङबाट घाइते भएका मन्थली नगरपालिका–३ कठजोर रालटारकी ४० वर्षीय सुमित्रा कार्की र उनकी ९ वर्षीया छोरी अनिता कार्कीलाई उपचारका लागि बिआइजी (बैँक एण्ड इन्स्योरेन्स ग्रुप) ले आर्थिक सहयोग गरेको छ ।

समूहको तर्फबाट संकलित २३ हजार ९ सय २० रुपैयाँ वडा सचिव रवीनजङ्ग कार्की र जनप्रतिनिधिको रोहवरमा रकम हस्तान्तरण गरिएको बिआइजी ग्रुप रामेछापका सचिव प्रदीप कार्कीले जानकारी दिए । बिआइजी ग्रुपले आर्थिक रुपमा कमजोर र अतिविपन्नलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने कार्कीले बताए ।

चट्याङ लागि घाइते भएका आमा छोरीको मन्थली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उनीहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया

Add