रामेछापमा मिटरब्याज पीडित भए सम्पर्क गर्न प्रशासनको आग्रह 

 सोमवार, बैशाख १८, २०८० | onlinenews

रामेछाप- जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार एक सूचना जारी गर्दैै जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयको सहायता कक्षामा उजुरी दिन अनुरोध गरेको हो ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ सम्पर्क कार्यालय सिंहदरबारको पत्र बमोजिम मिति २०८०/०१/१७ गतेदेखि २०८०/०१/३१ गतेसम्म मिटर व्याज पीडितहरूले आपूmसँग भएका प्रमाणसहित सिधै आयोगमा अनलाइन उजुरी वा निवेदकको आफ्नो जिल्लाको प्रशासन कार्यालयमा गई निवेदन दिन भनेको छ ।
उजुरी दिने फाराम जिल्ला प्रशासन कार्यालयमै पाइने र फाराम भर्न नसक्नेका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । यसअघि निवेदन दिएका व्यक्तिले समेत अनिवार्य कार्यालयमा आएर अनलाइन निवेदन दर्ता गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिकृया

Add