सनराइज बैँकद्धारा मन्दिर सरसफाइ

 सोमवार, बैशाख १८, २०८० | onlinenews
Share this

रामेछाप – सनराइज बैँक लिमिटेडले रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेस्थित भुवनेश्वरी देवी मन्दिर परिसर सरसफाइ गरेको छ । सनसाइज बैँक शिवालय शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर सरसफाई गरिएको सनराइज बैँकले जनाएको छ । ‘सफा बनाउ हाम्रो गाउँ ठाउँका मठ मन्दिर’ भन्ने नाराको साथ रुपान्तरणको लागि धार्मिक सम्पदा पवद्र्धन गर्ने उद्देश्यले मन्दिर सरसफाइ गरिएको हो ।
भुवनेश्वेरी देवीमा पाँच पोखरी तथा जटा पोखरीबाट आएको पवित्र गंगा खिम्ती खोलाको जल चडाइ देवीको दर्शन गरी पुजापाठ गर्दा मनकामना पूरा हुने जनविश्वास रही आएको छ ।
साथै देवीलाई चडाएका दक्षिणा तथा मन्दिर भित्रका अन्य सामाग्रीहरु कसैले चोरी गरी लगेमा १२ देखि २४ घन्टाभित्र पुन चोरी गर्ने व्यक्तिले नै मन्दिरमा ल्याएर राखिदिन्छ चुचुरे गाविसका तत्कालीन अध्यक्ष मणीराज तामाङले भने । त्यसैले देवीलाई चढाएका पूजासामग्री हराउने र चोरी हुने डर नरहेको तामाङले बताए । आगामी दिनमा पनि सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने सनराइज बैँकले जनाएको छ ।

Share this

प्रतिकृया

Add