भट्टहरुको वंशावली सार्वजनिक

 मङ्लबार, बैशाख १९, २०८० | onlinenews

रामेछाप- नेपालका विभिन्न भागमा बसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली लोकापर्ण गरिएको छ । सोमबार काठमाडौँमा औपचारिक कार्यक्रमकाबीच गर्गगोत्रीय भट्ट समाजका संयाजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले वंशावली लोकापर्ण गरो हुन् । नेपालको पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका गर्गगोत्रीय भट्टहरुको वंशावली सूचिकृत भएको पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पुजा विधि लगायतका सामाग्री संग्रहित गरिएका छन् ।
पुस्तक लोकापर्ण कार्यक्रमलाई संबोधन गर्दै पुस्तकका प्रकाशक भरतमणी भट्टले गर्गगोत्रीय भट्टले आफ्नो पूर्खाको बारेमा जानकारी लिनका लागि वंशावलीले सघाउने वताए । यो शुरुवात भएकाले भावि पुस्ताले यसलाई अझ परिस्कृत गरेर राख्न पनि उनले आग्रह गरे । हरेक थरको वंशावली इतिहासका लागि पनि आवश्यक रहेको उनको भनाइ छ । ‘हाम्रो इतिहासबारेमा हामीलाई जानकारी हुनुपर्छ, हाम्रो बारेमा थाहा नहुने तर अरुको इतिहास पढेर बस्ने कुरा हुदैन’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उनले वंशावली अनुसन्धानका लागि श्रोत भएको उल्लेख गरे । उनले भने यो सानो प्रयासले गर्गगोत्रीय भट्टहरुको वंशको खोजको आधार तयार गरेको छ । पुस्तक प्रकाशनले अवका दिनमा छलफल गर्न सहज भएकाले थप वंशको खोजिका लागि जुट्नु पर्ने उनले बताए । पुस्तकमा डोटी जिल्लाबाट वसाइ सरेर पूर्वतिर आएका दुर्लभ भट्टदेखि हालसम्मका वंशज समेटिएको छ ।
कार्यक्रममा पुस्तकका सम्पादक सुदर्शन भट्ट, गोपीकृष्ण भट्ट, सिताराम भट्ट, टीकाप्रसाद भट्ट र गणेश भट्टले गर्गगोत्रीय भट्टहरुले आफ्ना भाइ बन्धु, बसोबास, संस्कृति र पूजा विधिका बारेमा जानकारी दिन वंशावलीको पुस्तकले ठुलो भूमिका खेल्ने बताए । भोलीका दिनमा थप श्रृजनशिल कार्य गर्दै जानु पर्नेमा उनीहरुको भनाइ छ ।

प्रतिकृया

Add