अर्यालले पहिरिए आईजीपीको फुली

 मङ्लबार, चैत्र २९, २०७३ | onlinenews

चैत्र २९ काठमाडौं– विवादको बीचबाट नेपाल प्रहरीका आइजीपिमा प्रकाश अर्यालले गोल गरेका छन् । नववियुक्त प्रहरी महानरीक्षक अर्यालले मध्यरातमा नै दज्र्यानी चिन्ह लगाएका हुन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई मध्य रातमै गृहसचिवले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सो कार्यक्रममा सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारलाई अर्यालले फुली लगाइसकेपछि मात्र तस्वीर खिच्न दिइएको थियो ।  सरकारले सोमबार अबेर डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया

Add