“बित्तीय साक्षरताले पैसा कमाउने बाटो पहिल्याउ छ”

 शनिबार, बैशाख ३०, २०८० | onlinenews

सागर बिक्रम बस्नेत


धन कमाउन विदेश नै जानु पर्ने रहेन छ, बरु विदेश जान गर्न लगानी समयमै व्यवसायमा लगाउन सके गाउँमै बसेर पनि कमाउन सकिने रहेछ भन्ने चेत खुलेकी हेमा सिंंजाली व्यवसायलाई आम्दानीको दिगो श्रोत मान्छिन् । काम गर्दा अवसर र चुनौती बराबर हुन्छ । आफूले हिम्मत र आँट गरे जस्तोसुकै व्यवसायबाट पनि सफलता मिल्छ भन्छिन् उनी । एस.एल.सी.सम्मको औपचारिक शिक्षा लिएकी हेमाले जागिरको कुनै अवसर नपाएकी मात्र होइन परिवारको समेत साथ सहयोग पाइनन् । उनलाई पढाई लेखाइ भनेको जागिरको लागि मात्रै हो भन्ने लाग्थ्यो । तर, उनले पैसा कमाउने अरु पनि बिकल्प देखिन । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि उनले व्यवसाय गरेर आत्मनिर्भर हुन सकिने रहेछ भन्ने ज्ञान समेत पाइन । उनको मनमा व्यवसाय सञ्चालन गरी पैसा कमाएर आत्मनिर्भर हुने आत्मविश्वासको अङ्कुर पलायो । स्याङ्जाको गल्याङ्ग–८ की ३८ वर्षीया सिंजालीको १८ वर्षकी छोरी, १२ वर्षका छोरा र सासु ससुरा सहितको संयुक्त परिवार छ । श्रीमान् रामबहादुर सिंजाली विगत २० वर्षदेखि साउदी अरबमै काम गर्छन् ।
सिंजाली वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा नियमित जान थालिन । वित्तीय साक्षरतामा सिकेका कुराले व्यवसाय गर्न उत्साहित बनायो उनलाई । उनले श्रीमानसँग व्यवसायमा लगानी गर्ने पैसा जोहो गरिदिन अनुरोध गरिन् । सिंजालीको अनुरोधमा साउदीबाट श्रीमान्ले आफूले अर्काको देशमा यत्तिका वर्षसम्म गरेको दुःख र कमाइले त केही नभएको अब महिलाको कमाइले केही नहुने भनी तितो जवाफ फर्काए । श्रीमानलाई आफूले गरेको लगानी खेर जाने डर थियो, उनी भन्छिन् । श्रीमानको कमाइमा मात्रै भर पर्दा खान–लाउन र छोरा छोरीको शिक्षा–दिक्षामा ठिक्क हुन्थ्यो । भर्खरै पक्की घर बनाउँदा जम्मा गरेको पैसा पनि सकियो । २० वर्ष विदेशको कमाइ भनेको घर र छोराछोरीलाई पढाउन र खान लगाउनमा ठिक्क भयो । बुढेशकालका लागि पैसा जोगाउन र अति आवश्यक परिहाले खर्च गर्नका लागि बचत गर्न विदेशको कमाइले मात्रै नपुग्ने हेमालाई लाग्यो । हेमाले पैसा कमाएर आत्मनिर्भर हुने आँट गरिन् । श्रीमानले लगानी नगरिदिए पनि उनले कुखुरापालन व्यवसाय शुरु गर्ने निर्णय लिइन । आफैले बचतमा राखेको पैसा झिकी आफनै जग्गामो एक लाख रुपैयाको लगानी गरेर कुखुराको खोर बनाइन । उनले साना किसान सहकारीबाट ५० हजार ऋण लिएर अण्डा दिने १ सय ५० वटा कुखुरा पालन सुरु गरिन् । अहिले उनको खोरका कुखुरा हुर्किसकेका छन् । कुखुराको चल्ला हुर्काउन समस्या भएपनि भएका कुखुराले अण्डा दिन थालिसकेको बताउछिन् उनी ।
उनले पालेका १ सय ५० वटा कुखुराले दैनिक १ सय ४० देखि १ सय ४५ वटासम्म अण्डा दिने गरेका छन् । एक सिट अर्थात ३० वटा अण्डाको बजार मूल्य ४ सय ५० रुपैयाँ छ । उनी दैनि १ हजार ५ सय रुपैंयाँको अण्डा बिक्री गर्छिन् । अण्डा बिक्रीबाट भएको आम्दानी र आम्दानीको केही भाग खर्च गरेर पनि दैनिक १ हजार बचत गर्छिन् उनी ।


हेमा पहिला तरकारी खेती गर्थिन् । उनको लगनशिलता देखेर नगरपालिकाले समेत तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल दियो । नगरपालिकाले दिएको टनेलमा आफूले पनि २ हजार लगानी गरिन् । हेमाले टनेलमा बेमौसमी तरकारी र २ सय वटा टमाटरको बिरुवा लगाएकी छन् । कुखुराको मलले तरकारी खेतीलाई पनि फाइदा पुग्ने देखेको हुँदा तरकारी खेती बढाउदै लैजाने हेमाको योजना छ । उनलाई श्रीमान् विदेशबाट फर्किदिए हुन्थ्यो जस्तो लाग्छ । यदि श्रीमान पनि विदेशबाट फर्कने हो भने यही व्यवसायलाई बढाउने थिँए । उनी आपूmले देखेका सपना सुनाउछिन् ।
हेमालाई आजभोली वित्तीय साक्षरता शिक्षाा २÷४ वर्ष अघि नै संचालन भइदिएको भए अझ प्रगती गर्न सकिने रहेछ भन्ने लाग्छ । कक्षाकै कारण जीवनमा परिवर्तन आएको हुँदा वित्तीय साक्षरताको विषयमा खुलरै प्रसंशा गर्छिन् । आफ्ना परिवारले समेत विश्वास नगरेको व्यवसायले अहिले परिवारको गर्जाे सहजै टार्न सफल भएको छ । हेमा आफ्नो चेत खुलेर व्यवसाय समात्न पाएकोमा दंग छिन् । यो कक्षाको ज्ञानले जागिरलाई नै ठूलो मान्ने सोंच बदलिदिएको उनी बताउँछिन् । अहिले आफ्नो कमाइबाट घरखर्च र अन्य आवश्कताहरु सहजै पूर्ति गर्ने बलियो आधार भएको छ उनी भन्छिन् । श्रीमानको कमाइ बल्ल बचत हुन थालेको छ । आजभोली नियमित रुपमा दैनिक आम्दानी खर्चको हिसाब–किताब राख्ने गरेकी छु । यसले गर्दा बल्ल आम्दानी र खर्च कति हँुदोरहेछ भन्ने थाहा पाउन पनि सजिलो भएको छ । उतीबेला कुखुरा पाल्छु भन्दा मेरो प्रस्ताव लत्याउने श्रीमानलाई मैले अण्डा बेचेर यति पैसा कमाए भनेर सुनाउन पाएकी छु, उनी भन्छिन् । आजभोली हेमा आफ्नो आम्दानी र खर्च विवरणले भरिएको पासबुकको फोटो श्रीमानलाई पठाउन थालेकी छन् । जसले गर्दा कति पैसा केका लागी खर्च भयो भनेर श्रीमानले समेत जानकारी पाउने बताउछिन् उनी ।
हेमा फुर्सदको बेला घरमै बसेर ढाका बुन्नु हुन्छ । नगरपालिकाले हेमालाई ढाका बुन्ने सीप र तान दिएको छ । फुर्सदको बेला ढाका बुनेर उनी मासिक १० हजार देखि १२ हजार सम्मको कमाइ गर्छिन् । घरमा दूध खानको लागि भैंसी समेत पालेकी छन् उनले । भैंसीसँगै ५÷६ वटा बाख्रा पनि पालेकी हेमाले यो वर्ष ३० हजार रुपैयाँको बाख्रा बिक्री गरिन् । कमाई बढाउँदै लैजाने र अर्को घडेरी किन्ने, छोरालाई उच्च शिक्षासम्म पढाउने लक्ष्य राखेकी हेमाले आत्मविश्वासका साथ अघि बढ्ने संकल्प गरेकी छन् ।

प्रतिकृया

Add