संघीयता विरोधी बहस स्वीकार्य छैन : जम्कट्टेल

 सोमवार, जेष्ठ १, २०८० | onlinenews

रामेछाप– बागमती प्रदेश मुख्यमन्त्री शालिकराज जम्कटेलले अहिले संघीयता आवश्यक छैन भन्ने बहस उठान गर्न खोजिएको भन्दै त्यो स्वीकार्य नभएको बताए । प्रदेश सरकार चाहिँदै भन्ने कोणबाट पनि बहस भइरहेको छ, त्यसलाई जनताले स्वीकार गरेका छैनन् र स्वीकार गर्नु पनि हुँदैन मुख्यमन्त्री जम्कट्टेलले भने ।
संघीयता राजनीतिक, सामाजिक, आर्थिक र विकासमा विभेद भएका देशहरुमा एकीकृत र केन्द्रिकृत राज्यको अधिकारलाई राज्य पुनर्संरचना मार्फत तल्ला सरकारहरुलाई दिन संघीयता लागू गरिने भन्दै नेपालको सन्र्दभमा संघीयता सही र आवश्यक रहेको बताए ।

२०७२ अघिको कुनै पनि संविधानले नेपालको समाज अनुसारको राज्य व्यवस्था दिन नसकेको सकेको थिएन । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेस आन्दोलन लगायतका आन्दोलनहरुको प्रतिफल संघीयता हो । प्रदेश सरकार नरहे स्थानीय सरकार पनि रहँदैन ।

२०७२ अघिको कुनै पनि संविधानले नेपालको समाज अनुसारको राज्य व्यवस्था दिन नसकेको उनको भनाइ छ । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेस आन्दोलन लगायतका आन्दोलनहरुको प्रतिफल संघीयता भएको भन्दै प्रदेश सरकार नरहे स्थानीय सरकार पनि नरहने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

केही मनिसहरुले सजिलै भन्छन् प्रदेश खारेज गरौँ स्थानीय सरकार मात्र राखौँ, प्रदेश सरकार रहेन भने संघीय सरकार पनि यही रुपमा रहँदैन र स्थानीय सरकार पनि रहँदै, पहिलाकै गाविसहरुको संरचनामा जान्छ । उनले भने यो संघीयता विरोधी र विकास विरोधीहरुले उठाएको कुरा हो । सामन्ति, विकास विरोधी तत्व, र राजतन्त्रका मतियारहरुले अध्याँरो कोठामा बसेर यो व्यवस्था विरुद्धमा षड्यन्त्र गरिरहेका छन् त्यो हामीलाई स्वीकार्य छैन जम्कटेलले भने । उने भने –‘यो ब्यवस्था समान्य जनआन्दोलनबाट आएको होइन, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन लगायतका आन्दोलनहरुबाट प्राप्त भएको हो । यो धेरै ठूलो, त्याग, तपस्या र बलिदानबाट आएको व्यवस्था हो, त्यसैले विकास गर्न हामीलाई संघीयता चाहिन्छ, उनले भने । अहिले पालिकामा भएको विकासको बजेट प्रदेश सरकारबाट आएको भन्दै स्थानीय सरकारको काम सेवाप्रवाह गर्ने र साना योजनाहरुको काम गर्ने हो उनले भने । संघीयता आइसकेपछि विकासको जिम्मेवारी प्रदेश सरकारको हो त्यसैले संघीयता विरोधी बहसलाई खारेज गर्नुपर्छ जम्कट्टेलले भने ।
सोमवार मन्थली माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कर्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले आगामी साउनदेखि ५० लाख भन्दा मुनिका योजनामा स्थानीय सरकारले काम गर्ने गरी आवश्यक काम भइरहेको पनि बताए । मुख्यमन्त्री जम्कटेलले अबको शिक्षा प्रयोगात्मक र व्यवहारिक हुनुपर्ने बताए ।

प्रतिकृया

Add