सामुदायिक रेडियो प्रसारक संघ रामेछापमा सत्याल

 शनिबार, जेष्ठ ६, २०८० | onlinenews

रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापको अध्यक्षमा सौजन्यप्रसाद सत्याल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले सत्याललाई निर्विरोध निर्वाचित गरेको हो । नवगठित समिति सदस्यहरुमा बेदबहादुर श्रेष्ठ, युवराज श्रेष्ठ, देव सुनुवार निर्वाचित भएका छन् । सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश सचिव दीपककुमार घिमिरेले रामेछापमा सामुदायिक र संस्थागत रेडियो विकासका लागि प्रदेशले यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्वाचित अध्यक्ष सत्यालले रामेछापमा रेडियोलाई जनभावना अनुसार अघि बढाउन लागिपर्ने बताए ।

प्रतिकृया

Add