पुरानै जिम्मेवारीमा फर्कन काँग्रेसको अपिल

 शुक्रबार, जेष्ठ १९, २०८० | onlinenews

रामेछाप– नेपाली काँग्रेसबाट असन्तुष्ट भइ स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अन्य उम्मेदवारलाई सहयोग गरेका नेता कार्यकर्ताहरुलाई पुनः पार्टीको जिम्मेवारीमा फर्कन अपिल गरेको छ । नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले एक विज्ञप्ति प्रकाशित गरी २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा विभिन्न कारणले पार्टीबाट असन्तुष्ट भइ स्वतन्त्र वा अन्य कुनै पार्टीमा गइ उम्मेदवार बनेका र अन्य उम्मेदवारलाई सहयोग गरी पार्टीबाट विचलित अवस्थामा रहेका नेता कार्यकर्ताहरुलाई पुनः पुरानै जिम्मेवारीमा फर्कन अपिल गरेको हो । पुनः पार्टीमा क्रियाशील भएमा १४ औँ जिल्ला अधिवेशनबाट प्राप्त जिम्मेवारीमा पार्टीको भूमिका दिइने विज्ञप्तिमा उल्लेख छ । पुरानो असन्तुष्टिलाई भुलेर पुरानै घरमा फर्किनुहुन अपिल गर्दछु पार्टी सचिव दीपक खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया

Add