मन्थली नगरपालिका–४ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा बज्राचार्य

 मङ्लबार, चैत्र २९, २०७३ | onlinenews

चैत २९, रामेछाप -स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै रामेछापका राजनीतिक पार्टीहरुले आफ्नो उम्मेदवार घोषणालाई तीव्रता दिएका छन् । यसैक्रममा मंगलबार नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिका वडा नं. ४ को अध्यक्ष पदको लागि विरेन्द्र बज्राचार्यलाई उम्मेदवार तोकेको छ ।
माओवादी केन्द्रले मन्थली नपा–को बैठकले बज्राचार्यलाई सर्वसम्मतिबाट उम्मेदवार चयन गरेको हो । बर्जाचार्य बिगत लामो समयदेखि पार्टीको सक्रिय कार्यकर्ताको रुपमा क्रियाशिल थिए ।
बर्जाचार्य पार्टी कार्यकर्ताको अलावा फर्निचर व्यवसायी पनि हुन् । उनले सदरमुकाम मन्थली बसपार्कमा प्रेम फर्निचर उद्योग समेत संञ्चालन गरेका छन् । त्यसैगरी मन्थली नगरपालिका वडा नंं ४, साविकको सालु गाविस वडा नंंं ५ को सेतीदेवि उमाविमा समेत २०६७÷०६८ देखि २०७० सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी बहन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा बालकक्षालाई व्यवस्थापन गर्न उल्लेख्य भुमिका खेलेका उनले बालबालिकाको प्रभावकारी सिकाइका लागि अनुकरणिय प्रयासको थालनी समेत गरेका थिए । विकास निर्माणका क्रियाकलाप, समाजसेवाका विभिन्न अभ्यास र समुदायलाई गरेको गुणका कारण यसपालीको स्थानीय तहको निर्वाचनमा आफ्ना जीत निश्चित भएको बज्राचार्यले हाम्रो अनलाइनलाई जानकारी दिए ।
“चुनाव हार्नको लागि कि आर्थिक रुपमा दाग लागेको हुनुपर्छ कि त सामाजिक रुपमा कलंकित हुनुपर्छ” मैले अहिलेसम्म जे जति गरे सवै समग्र सालुको हितमा काम गरेको छु, त्यसैले पनि मैले जित्ने कुरामा कुनै पनि शंका छैन उनले भने । म लगायत मेरो पार्टीले नै चुनाब जित्छ उनले थले ।

प्रतिकृया

Add