महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुन् : राई

 सोमवार, जेष्ठ २२, २०८० | onlinenews

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राइले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्नु पर्ने बताए । २००८ सालमा तत्कालिन पत्रकार संघको अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले उनलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नु पर्ने राइको भनाइ छ । २०१२ सालमा कृष्णप्रसाद भट्टराई पत्रकार संघको अध्यक्ष भएकोमा आपूmहरुको बिमती नरहेको भन्दै २००८ सालमा पत्रकार महासंघको अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएकाले तथ्य र दसी प्रमाणको आधारमा संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने राइले बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित तीन दिने पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनजाति पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप विकास गर्ने उद्देश्यले फोनिजले प्रदेश तथा जिल्ला स्तरमा पत्रकारिता तालिम सञ्चालन गर्दै आएको अध्यक्ष राईले बताए । पत्रकारिता पेशालाई दीर्घकालिन बनाउन जनजाति पत्रकारहरु सिक्दै, विक्दै र टिक्दै अघि बढनु पर्ने बताए ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायलाई माथि उठाउन ठूलो प्रयत्न रहेको भन्दै फोनिजकर्मीहरुले आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति र इतिहासको बारेमा कलम चलाउनु पर्ने बताए । फोनिजले अनुशिक्षण र प्रशिक्षण कार्यक्रमहरु ठुला–ठुला होटलमा नभइ पीछडिएका आदिवासी जनजाति समुदायको बसोबास रहेको ठाउँमा गर्दै आएको पनि अध्यक्ष राइले बताए ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता सवाल सम्बन्धी तालिम १३ वटै जिल्लाका जनजाति पत्रकारहरुको सहभागितामा सञ्चालन गरिएको फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए । तालिम १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको थियो ।

प्रतिकृया

Add