सिडिओले जनविरोधी निर्णय गरेको काँग्रेसको आरोप

 मङ्लबार, जेष्ठ २३, २०८० | onlinenews

 रामेछाप – रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले हाइड्रोपावरबाट पीडित जनताको विरुद्धमा निर्णय गरेको नेपाली काँग्रेस रामेछापले आरोप लगाएको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस रामेछाका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले विज्ञप्ति जारी गरी सरोकारवाला पक्षलाई नराखी हाइड्रोपावरका प्रतिनिधिसँग मात्र बसी पीडितलाई थप पीडा हुने र हाइड्रोपावरलाई उन्मुक्ति दिने गरी एकलौटी ढंगले निर्णय गरेको बताएका छन् । लिखु २ हाइड्रोपावरसँगको गोप्य साँठगाँठ र स्वार्थमा त्यहाँको नागरिकमाथि सिडिओले गरेको गम्भीर हर्कत निन्दनीय छ, विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक दल र सरोकारवाला निकायसहित जेठ १७ गर्न आपूm स्थलगत निरीक्षण गर्न पीडित बस्तीमा पुग्दा त्यहाँको पीडितको अवस्था कहालिलाग्दो रहेको पाइएको बताएका छन् । हाइड्रोपावरको सुरुङबाट पानी छिरेर सुरुङमुनी रहेका १०७ घरधुरी मध्य ४२ घर परिवार बस्नै नहुने अवस्थामा रहेको जानकारी पाएपछि आपैm उपस्थित भएर विद्युत् विकास विभागलाई अनुरोध गरी पत्र लेखाएर सुरुमा पठाएको पानी बन्द गर्ने व्यवस्था गरिएको कान्छारामद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थलगत निरीक्षणको क्रममा बस्ती जोखिममा रहेको पाइएपछि जेठ १८ गते हाइड्रोपावरको प्रतिनिधि र पीडित पक्षको प्रतिनिधिसहित बसेर छलफल गरी निकास निकाल्ने सहमति गरेर आपूmहरु फर्किए पनि १८ गते हाइड्रोपावरका प्रतिनिधि मोवाइल स्वीचअफ गरेर बसेको विज्ञप्तिमा लेखिएको छ । १८ गते जिल्लाका सांसदहरु, जिल्ला समन्वय समिति रामेछापका प्रमख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षा निकायका प्रमुखहरु, पत्रकार र पीडित पक्षका ५ जना प्रतिनिधि उपस्थित भए पनि हाइड्रोपावरको प्रतिनिधि अनुपस्थित भएपछि २१ गते बैठक बस्ने र २१ गतेपनि हाइड्रोका प्रतिनिधि उनुपस्थित भएमा पीडितले दिएको जाहेरीका आधारमा कानुनी निकासतर्फ पहल गर्ने सहमति भएको थियो तर २१ गते सरोकारवालाई नराखी प्रमुख जिल्ला अधिकारीले हाइड्रोका प्रतिनिधिसँग मात्रै बसेर हाइड्रोलाई उन्मुक्ति दिने निर्णय गरेर पीडित जनालाई अझ पीडित बनाएको नेपाली काँग्रेस रामेछापले जनाएको छ । जोखिपूर्ण बस्तीमा कुनै क्षति भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले लिनु पर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया

Add