ग्याँस लिग भएर आगलाग्दा निभाउने अभ्यास

 मङ्लबार, जेष्ठ २३, २०८० | onlinenews

रामेछाप – सदरमुकाम मन्थलीमा ग्याँस लिग भएर हुनसक्ने सम्भावित आगलागिका घटना परिकल्पना गरी नमूना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र रामेछापले सोमवार सम्भावित आगलागिको नमूना प्रदर्शन गरेको हो । जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस लगायतको समन्वयमा नमूना अभ्यास प्रर्दशन गरिएको हो ।
नमूना अभ्यासमा ग्याँस लिकेज भइ आगलागि हुँदा, खानेकुरा बसालेको भाडोमा आकस्मिक रुपमा आगलागि हुँदा र ग्यासको रेगुलेटर वा पाइपबाट लिकेज भएर आगलागि भएको अवस्थामा वा सिलिन्डर नै बल्न लागेको अवस्थामा चिसो वा सुख्खा मण्डीले छोपेर अथवा बाल्टिनले छोपेर अक्सिजन सप्लाई हुन रोकी आगो निभाउन सकिने नमूना प्रदर्शनी गरिएको थियो । यस्ता नमुना अभ्यासहरुले घरमा खाना पकाउने क्रममा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न सकिने रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले बताए । कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु एवं पत्रकारहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add