डकर्मी पेशाबाट आत्मनिर्भर बन्दै दिदीबहिनी

 मङ्लबार, चैत्र २९, २०७३ | onlinenews

चैत्र २९, रामेछाप । रामेछाप जिल्लाको साविक विजुलीकोट गाविस वडा नं. ३ का दुई दिदीबहिनीलाई डकर्मी पेशाले आत्मनिर्भर बनाएको छ ।
उमेरले २२ वर्षीय प्रनिला तामाङ र २१ वर्षकी प्रतिला तामाङ्गले डकर्मी पेशाबाट राम्रो आम्दानी गर्दै आएका छन् । सन २०१६ (गत वर्ष)  यूएसएआइडी÷सेभ द चिल्ड्रेनको सबल कार्यक्रम अन्र्तगत रामेछाप जिल्लामा सञ्चालीत (डकर्मी)  मेसन लेभल १ तालिममा सहभागि भई  सिटीइभिटीको लेभल १ दुवै जनाले पास गरेका थिए ।

उनीहरु दुवैजना सामान्य कृषक परिवारका हुन । आफ्ना जमिनको उत्पादनले वर्षभरी छाकटार्नै धौधौ पर्ने विपन्न परिवारका भएकाले विद्यालयमा पढ्न नपाएको उनीहरुको दुःखेसो छ ।
२०७२ सालको विनासकारी भूकम्पले आवास र चौपया राख्ने गोठ समेत पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि उनीहरुको परिवार झन विचल्लीमा परेको थियो ।
सेभ द चिल्ड्रेनको सबल कार्यक्रम अन्र्तगत जिल्लमा सञ्चालीत (डकर्मी) मेसन लेभल १ तालिमको बारेमा ती दिदीबहिनीले जानकारी पाएपछि निकै उत्साहित भए ।
सबल सहजकर्ता एरिना नेपालीको सिफारिस र घरपरिवारको अनुमतिमा डकर्मी तालिममा सहभागि भएका उनीहरु सबल कार्यक्रमको लाभग्राही हुन् ।

नताले प्रतिला आफ्नै ठूला बुबा र प्रनिला काकार्की छोरी हुन । अहिले उनीहरुसँगै घर बनाउने डकर्मीको रुपमा काम गर्दै आएका छन् ।
डकर्मी काम गर्दा सुरु–सुरुमा उनीहरुलाई पुरुषहरुले महिलाले डकर्की काम गर्न सक्दैनन् भनि होच्याउने गरेका थिए । तर उनीहरु अहिले पुनःनिर्माणको लागि दक्ष र प्रभावकारी डकर्मीको रुपमा चिनिन्छन् । दक्ष र डकर्मीको पहिचान बनाएका ती दिदीबहिनीलाई घर बनाउँदा अहिले  १ दिन पनि फुर्सद हुँदैन ।
समयको पालना गरे, धैर्यता गरे, सीप सिक्ने इच्छाशक्ति र काम गर्ने जाँगर भएमा जीवनमा आर्थिक समृद्धि ल्याउन स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनीहरुको अनुभव छ । मेहनत गर्नेहरुको लागि पैसा कमाउन विदेश जानु नपर्ने उनीहरु बताउँछन् ।
उनीहरु अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट निर्धारण गरिएको नक्सा अनुसारको भूकम्प प्रतिरोधी घर ठेक्कामा लिएर निर्माण गर्दै आएका छन् ।

राष्ट्रिय पुनःनिर्माण योजनले तयार गरेको भूकम्प प्रतिरोधी घर निर्माणको लागि सामान्यतया २ लाख रुपैयाँमा ठेक्का लिने गरेको उनीहरु बताउँछन् ।
घरको अलावा बाटो निर्माण गर्ने तार जालिको पनि ठेक्का लिएर काम गर्दै आएका छन् उनीहरुले । आफ्नो र घरको खर्च समेत धानेर मासिक २२ हजार रुपैयाँ बचाउने गरेका छन् उनीहरुले । डकर्मी पेशामा लागेपछि उनीहरुको घरपरिवार समेत अहिले आर्थिक रुपमा आत्मनिर्भर बनेका छन् ।
गरिविको कारण आपूmहरुले राम्रो पढ््न लेख्न नसके पनि आफ्ना कमाइबाट भाइबहिनीलाई पढाएर स्वस्थ र  शिक्षित परिवार बनाउने चाहाना रहेको उनीहरु बताउँछन् ।
घरपरिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकेकोमा खुसी ब्यक्त गर्दै महिलाले काम गर्न सक्दैन भन्नेहरुको समेत मुखमा बुझो लागेको उनीहरुको भनाई छ ।
सेभ द चिल्ड्रेनले समान उद्देश्य भएका साझेदारहरुसँग मिलेर सामुदायिक समुत्थानका लागि दीगो विकास कार्यक्रम (सबल) सन २०१४ बाट सञ्चालनमा रहेको सबल कार्यक्रमको रोजगार तथा व्यवसाय अधिकृत गोकुल भुजेलले बताए ।

उनका अनुसार सबलले रामेछाप जिल्लामा  जीविकोपार्जन, स्वास्थ्य तथा पोषण र दैविक प्रकोप न्यूनिकरण तथा जलवायू परिवर्तन अनुकुलन सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।
दीगो विकासका लागि गरिबि न्यूनिकरण तथा संकटमा परेका मानिसको जीवनयापनमा सुधार ल्याउन व्यवसाय सुरुवात तथा सुधार तालिम र भोकेशनल ट्रेनिङ्ग कार्यक्रम अन्तर्गत प्रनिला तामाङ र प्रतिला तामाङले तालिम लिएका थिए ।
सबलले परियोजनाले आफ्ना लाभग्राहीलाई छनौट गरी सीप विकास लगायतका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया

Add