गौरीशंकर मन्टेश्वरी शिक्षक तालिम

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

रामेछाप– गौरीशंकर माध्यमिक विद्यालय रामेछापले मन्टेश्वरी शिक्षक तालिम सञ्चालन गरेको छ । रामेछाप नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा कार्यरत शिशु कक्षा र आधारभूत तहमा अध्यापनरत शिक्षकहरुका लागि पाँच दिवसीय मन्टेश्वरी शिक्षक तालिम सञ्चालन गरिएको गौरीशंक माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरबहादुर कार्कीले जानकारी दिए । गौरीशंकर माध्यमिक विद्यालय रामेछापद्धारा आयोजित तालिमको सहजीकरण पाइला फाउण्डेशन नेपाल, काठमाडौँका निर्देशक एवं प्रशिक्षक नरेन्द्रकुमार नगरकोटीले सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलविक्रम कार्कीको अध्यक्षमा भएको तालिमका सहभागिहरुलाई रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले प्रमाण–पत्र वितरण गरेका थिए । नगरप्रमुख न्यौपानेले तालिम समापन कार्यक्रमलाई संबोधन गर्दै तालिमले शिक्षण सिकाइमा सुधार ल्याउने अपेक्षा विश्वास ब्यक्त गरे ।
उत्साहपूर्ण वातावरणमा शिक्षकहरूको सक्रिय सहभागितामा तालिम सम्पन्न तालिम प्रभावकारी भएको भन्दै प्रशिक्षण कार्यक्रमले जगैदेखि शिक्षाको गुणात्मक सुधारमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक कार्कीले बताए । कार्यक्रममा सहभागी शिक्षकहरूले प्रशिक्षणबाट धेरै ज्ञान, सीप, विधि र प्रविधि सिकेको भन्दै शिक्षण सिकाइ क्रियाकलापलाई इमानदारीपूर्वक कक्षामा प्रयोग गर्ने प्रतिबद्धाता जनाएका छन् ।

प्रतिकृया

Add