नगरपालिका ७ सुकाजोरको सार्वजनिक सुनुवाइ

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरले चालु आर्थिक वर्ष २०७९÷८० को दोश्रो चौमासिक अवधिसम्म संचालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवतकुमार श्रेष्ठले जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले विभिन्न प्रश्न, जिज्ञास र गुनासोहरु राखेका थिए । धु्रवकुमार बस्नेत, दिलबहादुर रावत, होमबहादुर बस्नेत लगायत सहभागीहरुले सडक, खानेपानी, वडाबाट भएको मल वितरण, शिक्षा लगायत विभिन्न विषयमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीले दिएका थिए । नागरिकहरुको प्रश्नको जवाफ दिदै उनले वडाबासीको आवश्यकता, चाहना र माग अनुसार नै आपूmले काम गर्दै आएको बताए । वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरिहरुले जतिबेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उनले बताए । सम्वृद्ध सुकाजोर बनाउन यहाँका नागरिकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उनले बताए । प्रहार मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, प्रमुुख प्रशासकीय अधिकृत निरज पौडेललगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार सहित नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add