पत्रकार सत्यालले त्यागे महासंघको सदस्यता

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

रामेछाप– पत्रकार सौजन्यप्रसाद सत्यालले नेपाल पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्याग गरेका छन् । नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियान चलाइरहेका बेला पत्रकार सत्यालले आपूm पत्रकारितामा भन्दा कानुनी व्यवसायमा बढी अभ्यस्त रहेको भन्दै सदस्यता त्याग गरेको घोषणा गरेका हुन् ।
रेडियो रामेछापका स्टेशन म्यानेजर तथा रामेछाप खबर साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार सत्यालले शुक्रवार आफ्नो फेसबुक प्रोफाइलमा सूचना सार्वजनिक गर्दै आपूmले नेपाल पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गरेका हुन् । पत्रकार सत्यालले लेखेका छन्– ‘पुराना–नयाँ सबै पत्रकार साथीहरूलाई सहकार्यका लागि धन्यवाद’ म रामेछाप पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गर्दछु ।’ पत्रकार सत्यालले रामेछापमा असल र कर्तव्यनिष्ठ पत्रकार अझै निकै रहेको उल्लेख गर्दै भनेका छन् ‘म पत्रकार महासंघको पूर्व सदस्यको रूपमा सेवामा रहने नै छु । ‘म नेपाल पत्रकार महासंघले चलाएको सुद्धिकरण अभियानको कार्यविधि अन्तर्गत सदस्यता खारेज हुने पत्रकारमा पर्दिन तर म पत्रकारिता भन्दा कानुनी व्यवसायमा बढी अभ्यस्त भएकाले सदस्यता त्यागेको हँु उनले भने । पत्रकार महासंघ राजनीतिक दलका भातृ संगठनहरुको राजनीतिक गर्ने थलो बन्नु हुन्न, व्यवसायिक पत्रकारहरुको मर्यादित फोरम बन्नुपर्छ उनले भने ।

प्रतिकृया

Add