नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
गल्याङ्ग नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता कल्पना भट्टराईको सहयोगमा सागर विक्रम बस्नेत ।
धन कमाउन बिदेश नै जानु पर्ने रहेन छ बरु बिदेश जाने लगानी समयमै व्यवसायमा लगाउन सके गाउँमै बसेर पनि कमाउन सकिने रहेछ भन्ने चेत खुलेकी हेमा सिंंजाली व्यवसायलाई आम्दानीको दीगो श्रोत मान्छिन् । काम गर्दा अवसर र चुनौती बराबर हुन्छ । आफूले हिम्मत र आँट गरे जस्तोसुकै व्यवसायबाट पनि सफलता मिल्छ उनी भन्छिन् । एस.एल.सी.सम्मको शिक्षालाई जागिरको पाटोमा प्रयोग गर्ने कुनै अवसर नपाएकी हेमाले परिवारको साथ र सहयोग पनि पाइनन् । उनलाई पढाइलेखाइ भनेको जागिरको लागि मात्रै हो भन्ने लाग्थ्यो । तर उनले पैसा कमाउने अरु पनि बिकल्प देखिन् । व्यवसाय गरेर आत्मनिर्भर हुन सकिने रहेछ भन्ने ज्ञान वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि थाहा पाइन् । उनको मनमा व्यवसाय संचालन गरी पैसा कमाएर आत्मनिर्भर हुने आत्मविश्वासको अंकुरन भयो ।
गल्याङ्ग,८ की ३८ वर्षीया सिंजालीको १८ वर्षीया छोरी, १२ वर्षीया छोरा र सासु ससुरा सहितको संयुक्त परिवार छ । श्रीमान् रामबहादुर सिंजाली भने विगत २० बर्षदेखि साउदी अरबमै काम गर्छन् ।
सिंजाली गल्यांङ्ग नगरपालिकाले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलाएको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा नियमित जान थाल्नु भयो । बित्तीय साक्षरता कक्षामा जान थालेपछि कक्षामा सिकेका कुराले व्यवसाय गर्न उत्साहित बनायो । उनले श्रीमानसँग व्यवसायमा लगानी गर्ने पैसा जोहो गरिदिन अनुरोध गरिन् । सिंजालीको अनुरोधमा साउदीबाट श्रीमान्ले आफूले अर्काको देशमा यत्तिका बर्षसम्म गरेको दुःख र कमाइले त केही नभएको अब आइमाइको कमाइले केही नहुने भनी तितो जवाफ फर्काए । श्रीमानलाई आफूले गरेको लगानी खेर जाने डर थियो, उनी बताउछिन् । श्रीमानको कमाइमा मात्रै भर पर्दा खान–लाउन र छोरा छोरीको शिक्षा–दिक्षामा ठिक्क हुन्थ्यो । भर्खरै पक्की घर बनाउँदा जम्मा गरेको पैसा पनि सकियो । २० बर्ष बिदेशको कमाइ भनेको घर र छोराछोरीलाई मात्रै ठिक्क भयो । बुढेशकालका लागि पैसा जोगाउन र अति आवश्यक परिहाले खर्च गर्नका लागि बचत गर्न बिदेशको कमाइले मात्रै नपुग्ने हेमालाई लाग्यो । हेमाले पैसा कमाएर आत्मनिर्भर हुने आँट गरिन् । श्रीमानले लगानी नगरिदिए पनि उनले कुखुरापालन व्यवसाय शुरु गर्ने निर्णय लिइन् । आफैले बचतमा राखेको पैसा झिकी आफ्नै जग्गामा एक लाख रुपैयाँको लगानी गरेर कुखुराको लागि खोर बनाइन् । उनले साना किसान सहकारीबाट ५० हजार ऋण लिएर अण्डा दिने १ सय ५० वटा कुखुरा पाल्न सुरु गरिन् । अहिले उनको खोरका कुखुरा हुर्किसकेका छन् । कुखुराको चल्ला हुर्कान समस्या भएपनि भएका कुखुराले अण्डा दिन थालिसकेको बताउछिन् उनी ।
उनले पालेका १ सय ५० वटा कुखुराले दैनिक १ सय ४० देखि १ सय ४५ वटासम्म अण्डा दिने गरेका छन् । एक सिट अर्थात ३० वटा अण्डाको बजार मुल्य ४ सय ५० रुपैयाँ छ । उनी दैनि १ हजार ५ सय रुपैंयाँको अण्डा बिक्री गर्छिन् । अण्डा बिक्रीबाट भएको आम्दानी र आम्दानीको केहि भाग खर्च गरेर पनि दैनिक १ हजार बचत गर्छिन् ।
हेमा पहिला तरकारी खेती गर्थिन् । उनको लगनशीलता देखेर नगरपालिकाले समेत तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल दियो । नगरपालिकाले दिएको टनेलमा आफूले पनि २ हजार लगानी गरेकी छन् । हेमाले टनेलमा बेमौसमी तरकारी र २ सय वटा टमाटरको बिरुवा लगाएकी छन् । कुखुराको मलले तरकारी खेतीलाई पनि फाइदा पुग्ने देखेको हुँदा तरकारी खेती बढाउदै लैजाने हेमाको योजना छ । उनलाई श्रीमान् बिदेशबाट फर्किदिए हुन्थ्यो जस्तो लाग्छ । यदि श्रीमान पनि बिदेशबाट फर्कने हो भने यहि व्यवसायलाई बढाउने थिएँ । उनले देखेका सपना सुनाइन् ।
हेमालाई आजभोली बित्तीय साक्षरता शिक्षा २÷४ बर्ष अगाडी नै संचालन भएको भए अझ प्रगती गर्न सकिने रहेछ भन्ने लाग्छ । कक्षाकै कारण जीवनमा परिवर्तन आएको हुँदा बितीय साक्षरताको बिषयलाई खुलरै प्रसंशा गर्छिन् । आफ्ना परिवारले समेत बिश्वास नगरेको व्यबसायले अहिले परिवारको गर्जाे सहजै टार्न सफल भएको छ । हेमा आफ्नो चेत खुलेर व्यवसाय समात्न पाएकोमा दंग छिन् । यो कक्षाको ज्ञानले जागिरलाई नै ठूलो मान्ने सोंच बदलिदिएको बताउछिन् उनी । अहिले आफ्नो कमाइबाट घरखर्च र अन्य आवश्कताहरु सहजै पूर्ती गर्ने बलियो आधार भएको समेत उनले बताइन् । श्रीमानको कमाइ बल्ल बचत हुन थालेको छ । आजभोली नियमित रुपमा दैनिक आम्दानी खर्चको हिसाव–किताव राख्ने गरेकी छु । यसले गर्दा बल्ल आम्दानी र खर्च कति हँुदोरहेछ भन्ने थाहा पाउन पनि सजिलो भएको छ । उतीबेला कुखुरा पाल्छु भन्दा मेरो प्रस्ताव लत्याउने श्रीमानलाई मैले अण्डा बेचेर यति पैसा कमाए भनेर सुनाउन पाएकी छु उनी भन्छिन् । आजभोली हेमा श्रीमान्लाई आफ्नो आम्दानी र खर्चको बिवरणले भरिएको पासबुकको फोटो श्रीमानलाई पठाउन थालेकी छन् । जसले गर्दा कति पैसा केका लागी खर्च भयो भनेर श्रीमानले समेत जानकारी पाउने गरेको उनी बताउँछिन् ।
हेमा फुर्सदको बेला घरमै बसेर ढाका बुन्छिन् । नगरपालिकाले हेमालाई ढाका बुन्ने सीप र तान दिएको छ । फुर्सदको बेला ढाका बुनेर उनी मासिक १० हजारदेखि १२ हजार सम्मको कमाइ गर्ने बताउछिन् । घरमा दुध खानको लागि भैंसी समेत पालेकी छन् । भैंसीसँगै ५÷६ वटा बाख्रा पनि पालेकी हेमाले यो बर्ष ३० हजार रुपैंयको बाख्रा बिक्री गरिनन् । कमाइ बढाउँदै लैजाने र अर्को घडेरी किन्ने, छोरालाई उच्च शिक्षासम्म पढाउने लक्ष्य राखेकी हेमाले आत्मविश्वासका साथ अघि बढ्ने संकल्प गरेकी छन् ।