अनधिकृत रकम असुल गर्ने कर्मचारीलाई कारबाही गर्न सेवाग्राहीको माग

 शनिबार, असार ९, २०८० | onlinenews

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिका पशु विकास शाखाका कर्मचारीले पशु कृषकसँग अनधिकृत रुपमा रकम असुली गरेको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । पशु चौपायामा पैmलिएको लम्पी स्किन संक्रमण विरुद्धको भ्याक्सिन लगाउने क्रममा कर्मचारीले किसानसँग अनधिकृत रुपमा रकम लिएको भनि स्थानीय कृषकहरुले ७ बुँदे मागसहित गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कार्यालयमा सेवा निल जाँदा पशु विकास शाखामा कर्मचारी नभेटिने र सेवाग्राहीले अनावश्यक दुःख पाउनले गरेको पनि गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बिहान साढे ११ बजेसम्म पनि पशु विकास कार्यालय नखुल्ने सेवाग्रहीको गुनासो छ ।
सदाझै यही असार ६ गते पनि पशु विकास शाखाका कर्मचारी शोभानन्द कुमार महतो बिहान ११ः३० बजेपछि मात्र कार्यालयमा आएको र सेवाग्राहीले कार्यालय सँधै ढिला खुलेको विषयमा जिज्ञासा राख्दा कर्मचारीलाई अभद्र व्यवहार गरी हातपात समेत गरेको भनि विज्ञप्ति जारी गर्दै उल्टै कार्यालयको नियमित सेवा समेत ठप्प परेको स्थानीयको भनाइ छ ।
कर्मचारीले पशु कृषकसँग अनधिकृत रुपमा पैसा असुली गरेको गाउँपालिकामा जानकारी गराएको र त्यस विषयमा छुट्टै समिति बनाएर छानविन गरी कर्मचारी दोषी ठहरिएमा कारबाही गर्ने गाउँपालिकाले बताएपछि कारबाहीबाट बच्च कर्मचारीले उल्टै सेवाग्रहीको विरुद्धमा भ्रम सिर्जना हुने गरी विज्ञप्ति जारी गरेर काम ठप्प पारेको स्थानीय शुशिल तामाङले बताए । पशु उचारको नाममा कृषकलाई गठी गर्ने कर्मचारीलाई कारबाही गर्नुको साटो उल्दै पीडित किसानको आवाजलाई दमन गरी कारबाहीबाट बच्ने नियतले कर्मचारीले कार्यालयको नियमित काममा पु¥याएको बाधाप्रति गाउँपालिकाका सचेत नागरिकहरुको गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
कर्मचारीले असुली गरेको पैसाको बिल नदिएको पनि कृषकहरुले बताएका छन् । शुक्रवार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउन पुगेका अधिकांश कृषकहरुले कर्मचारीले बिल बिना आपूmहरुसँग रकम असुली गरेको बताएका थिए । लम्पी स्किनको भ्याक्सिन लगाउन जाने कर्मचारीले किसाहरुसँग ५ सय रुपैयाँदेखि ३ हजार ३ सय रुपैयाँसम्म रकम असुली गरेको किसानहरुको भनाइ छ । जानकारी आएका किसानहरुसँग ७१ हजार भन्दा बढी रकम असुली गरिएको र अन्य धेरै कृषकहरुसँग रकम असुली भएको स्थानीय शुशिल तामाङले बताए ।
गाउँपालिकाका कर्मचारीहरुले केही दिनअघि खेद विज्ञप्ति जारी गरी पशु विकास शाखाका कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै कार्यालयको नियमित काम अनिश्चित कालका लागि बन्द गराएको बताएका थिए । विज्ञप्ति प्रकाशित मिति भने उल्लेख छैन ।
सेवाग्रहीसँग अनधिकृत रुपमा रकम असुली गर्ने कर्मचारीलाई कारबाही गर्नुको साटो कर्मचारीले उल्टै नियमित काम बन्द गराएपछि पीडित किसानहरु आक्रोशित बनेका छन् । कर्मचारीले सेवाग्राहीको विरुद्धमा कार्यालयका काम ठप्प पारेपछि गाउँपालिकालाई ध्यानाकर्षण–पत्र बुझाइएको तामाङले बताए ।
कृषकहरुको तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा भ्रष्ट तथा कुनियत भएका कर्मचारीलाई छानविनको दायरामा ल्याइ प्रचलित कानुन अनुसार कारबाहीको माग गरिएको छ । त्यस्तै अहिलेसम्म सेवाको नाममा अनधिकृत तवरबाट लिएको रकम फिर्ता गर्नुपर्ने, लम्पी स्किन संक्रमण नियन्त्रण गर्न तुरुन्त शिविर सञ्चालन गर्नुपर्ने, विज्ञप्ति जारी गरी काम कारबाही नगर्ने कर्मचारीलाई तुरुन्त छानविन गरी कारबाही गर्नुपर्ने, कर्मचारी कार्यालय समयमा कार्यकक्षमा नभेटिने, आफ्नो कार्यकक्ष भन्दा अनावश्यक गतिविधिमा व्यस्त हुने, राजनीतिक आग्रह पूर्वाग्रह राखी सेवाग्राहीको कामकाजमा समस्या सिर्जना गराउने कार्य अविलम्ब बन्द गराउनु पर्ने लगायतका ७ बुँदे माग राखिएको छ ।

प्रतिकृया

Add