सुनापतिको बजेट ५४ करोड ७८ लाख

 मङ्लबार, असार १२, २०८० | onlinenews

रामेछाप- सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि पौने ५५ करोड बजेट ल्याएको छ । १३ औँ गाउँसभामा उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले ५४ करोड ७८ लाखको बजेट प्रस्तुत् गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ८ करोड कम हो ।

गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा वडा नम्बर १ को सडक स्तरोन्नती तथा कालोपत्र, वडा नम्बर २ को दिमीपोखरीको वडा कार्यालय आसपास क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गर्ने उल्लेख छ ।

पालिकाको गौरवको आयोजना अन्तर्गत खानेपानी योजना सञ्चालन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाको केन्द्र रहेको वडा नम्बर ३ हिलदेवीमा गाउँपालिकाको लगानीमा १ किलोमिटर सडक कालोपत्रे गर्ने लगायताका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिकृया

Add