मेलमिलापकर्ता लागि ८ दिने तालिम

 मङ्लबार, असार १२, २०८० | onlinenews

 रामेछाप- मन्थली नगरपालिकाले सामुदायिक मेलमिलाप कर्ताका लागि ८ दिने तालिम सञ्चालन गरेको छ । वडा स्तरमा मेलमिलापकर्ता तयार गरी स्थानीय स्तरका विवाद सामुदायिक मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।

मन्थली नगरपालिकाको आयोजना तथा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र ( सेलर्ड) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा नगरपालिका २४ जनाको सहभागिता रहेको थियो । मंगलवार तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले तालिम लिएका मेलमिलाप कर्तालाई आग्रह पूर्वाग्रह नराखी सामुदायिक मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरे ।

रामेछापकी जिल्ला न्यायधीश इन्दिरा शर्माले मेलमिलाप कर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरिन् । विवाद समाधानमा निष्पक्षता मुख्य कुरा भएको बताइन् । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले स्थानीय तहमा नै विवाद समाधानको लागि नगरपालिकाले मेलमिलापकर्ता उत्पादन गरेको बताए । मेलमिलापको मर्मलाई बुझेर काम गर्न पनि उनले आह गरे । कार्यक्रमको अध्यक्ष तथा मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले तालिम लिएका मेलमिलापकर्तालाई शपथ खुवाएकी थिइन । शपथ पत्रमा लेखिएको कुरा व्यवहारमा लागू गर्न पनि उपाध्यक्ष बस्नेतले मेलमिलाप कर्ताहरुर्ला आग्रह गरिन् ।

प्रतिकृया

Add