रामेछाप नगरपालिकाकोे ७३ करोड ५८ लाख

 मङ्लबार, असार १२, २०८० | onlinenews

 

रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट ल्याएको छ । नगरपालिकाका उपाध्यक्ष बालकुमारी कार्कीले नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

रामेछाप नगरपालिकाको संघ, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान पूँजिगत, वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान चालु, राजश्व बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवद्धि कर, अन्त शुल्क, सावारीसाधन कर र नगरपालिकाको विभिन्न शीर्षकबाट प्राप्त हुने आन्तरिक आयबाट ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसा आम्दानी हुने अनुमान गरिएको नगरले गरेको छ ।

त्यस्तै नगरकार्यपालिकाको कार्यालय, विषयगत शाखा, वडा कार्यालय तर्फ ४९ करोड, २८ लाख ८९ हजार ९ सय चालुतर्फ खर्च हुने अनुमान गरिएको छ भने पूँजिगततर्फ २४ करोड २९ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा खर्च हुने अनुमान गरिएको छ । यसका साथै संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरुमा प्राप्त हुने रकमलाई कार्यक्रमको उद्देश्य अनुरुप आम्दानी बाँधी खर्च गरिने उल्लेख छ ।

विषय क्षेत्र अन्तर्गत सामाजिक विकासका लागि २ करोड ७५ लाख ३४ हजार ४ सय, स्वास्थ्यतर्फ ८७ लाख, शिक्षातर्फ १ करोड ७ लाख महिला तथा बालबालिकातर्फ ८१ लाख ३४ हजार ४ सय विनियोजन गरेको छ । आर्थिक विकासका लागि १ करोड १० लाख, कृषि विकासतर्फ ४० लाख, पशुपंक्षी विकासतर्फ ४० लाख, राजश्व सहकारी, उद्योग तथा उपभोक्ता हित संरक्षणतर्फ ३० लाख विनियोजन गरेको छ । शुसासन तथा संस्थागत विकासतर्फ ११ लाख ६० हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ४६ लाख बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासका लागि संघ तथा प्रदेश ससर्त, विशेष र समपुरक अनुदानबाट सञ्चालन हुने योजनाहरुको लागि १० करोड १ लाख ४६ हजार, संघ, प्रदेश र सडक बोर्डसँग साझोरीका लागि नगरले व्यहोर्नु पर्ने समपुरक कोषका लागि ४ करोड ९३ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि २ करोड ९२ लाख ४० हजार, वडास्तरीय आयोजना तथा कार्यक्रमका लागि ५ करोड २२ लाख ९७ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा र विषयगत शाखातर्फ १ करोड २० लाख विनियोजन गरेको छ ।

कृषकले उत्पादन गरेको कृषिउपज भण्डारणका लागि चिस्यान केन्द्र र जुनार खेती केन्द्रीत योजनामा बजेट विनियोजन गरेको नगरप्रमुख लवश्री न्यौपानेले बताए । सडक, खानेपानी, सिंचाई, भवन लगायतका पूर्वाधार विकास एवम् स्थानीय आवश्यकता र प्राथमिकताको आधारमा वडा र बस्ती स्तरबाट आएका आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिने पनि उनले बताए ।

प्रतिकृया

Add