मन्थली साकोसको बजेट निर्माण

 मङ्लबार, असार १२, २०८० | onlinenews

रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले कार्यशाला गोष्ठीले आयोजना गरी आर्थिक वर्ष ०८०÷०८१ को योजना तर्जुमा तथा बजेट निर्माण गरेको छ । संस्थाका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा आर्थिक वर्ष ०७९÷०८० मा संस्थाले सञ्चालन गरेको गतिविधि वित्तीय कारोबार तथा कार्यक्रमको बारेमा समीक्षा समेत गरिएको संस्थाका सचिव हिमाल ढुङ्गेलले जानकारी दिए ।

मन्थली साकोसमा १५ हजार ७ सय ५ जना शेयर सदस्य रहेको र कुल कारोबार १ अर्व १८ करोड रहेको संस्थाका व्यवस्थापक भेषवहादुर श्रेष्ठले जानकारी दिए । संस्थाको मुख्य कार्यालय बाहेक मन्थली बसपार्क, रामेछाप, सालु, गेलु र धोबी बजारमा सेवा केन्द्र सञ्चालन गरी शेयर सदस्यहरुलाई वित्तीय सहयोग पु¥याउदै आएको उनले बताए । संस्थाको कार्यक्षेत्र यसै आर्थिक वर्षदेखि रामेछाप जिल्लाभर विस्तार भएकोले आगामी आर्थिक वर्षमा ०८०÷८१ मा रामेछाप जिल्लाका ८ वटा स्थानीय तहमा संस्थाका क्रियाकलाप सञ्चालनको तयारीमा जुटेको उनको भनाइ छ ।

रामेछाप जिल्लाको सबैं भन्दा ठुलो सहकारी संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले आगामी बर्षका लागि विभिन्न सामाजिक कार्य सहित १ अर्ब ५० करोड बराबरको बजेट परिचालन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरेको अध्यक्ष घिमिरेले बताए । आगामी वर्ष सदस्य वृद्धि र ऋण असुली अभियानमा संस्थाले विशेष जोड दिने पनि उनले वताए ।

प्रतिकृया

Add