सभापति कान्छारामले हिलो छ्याप्नु भयो : खड्का

 शुक्रबार, असार १५, २०८० | onlinenews

रामेछाप- नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले राजनीतिमा हिलो छ्याप्ने काम गरेको पार्टी सचिव तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दीपक खड्काले आरोप बताए ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको दही चिउरा खाने कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन् ।
खड्काले भने– आज असार १५, दही चिउरा खाने दिन । आजको दिनलाई धान दिवसको अवसरका रूपमा मनाइन्छ । आजको दिन सानो गरामा धान रोपेर हिलो खेलेर भए पनि रोपाइ सुरु गरिन्छ । उनले भने तर नेपाली काँग्रेस रामेछापका सभापतिले आजको दिनबाटै रामेछापको राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो ।
उहाँ जत्तिको दिग्गज व्यक्तित्वले हिलो छ्याप्ने काम गर्नु सोभनीय हुँदैन खड्काले भने । उहाँलाई म आग्रह गर्न चाहन्छु राजनीतिमा हिलो छ्याप्ने काम बन्द गर्नुहोस् खड्काले भने ।
त्यस्तै काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले यस्तो कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेशनले खेतमै गएर मनाउन आग्रह गरे । कार्कीले भने– यो हाम्रो रीतिथिति हो । परम्परा हो । असारमा खेतीपाती नगरे वर्ष भरी के खाने ? तसर्थ किसानको मनोबललाई अझ दह्रो बनाउन यस्ता खाले कार्यक्रम किसानसँगै गएर सञ्चालन गर्नु राम्रो हुन्छ उनले भने ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस रामेछापका नेता ध्रुवहरि ढुङ्गेलले भने जति कोइरालाहरू प्रधानमन्त्री बन्नु भयो, उहाँहरूले एउटा आफू बस्ने घर समेत बनाउनु भएन । झनै गिरिजाप्रसाद कोइराला त गरिब किसानका नेता हुन । आफू मर्दा सम्पत्ती शून्य भएका गिरिजाप्रसाद कोइरालाबाट राजनीतिक गर्नेहरूले पाठ सिक्न जरुरी छ उनले भने ।
जिपि फाउन्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नागरिक समाजका अगुवाहरू, पत्रकारहरू साथै सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add