भैसेश्वर सामुदायिक खानेपानी भवन उद्घाटन

 शुक्रबार, असार १५, २०८० | onlinenews

रामेछाप- मन्थली नगपालिका–१ स्थित भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको नव निर्मित भवन उद्घाटन गरिएको छ । शुक्रवार औपचारिक कार्यक्रमकाबिच वास्तु शास्त्र विधि अनुसारको पूजाआज गरि भवन उद्घाटन गरिएको हो । भवन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्धारा उद्घाटन गरिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागमती प्रदेश मन्थलीको गरी करिब १ करोड लागतमा ६ कोठे भवनको निर्माण गरिएको छ ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको समयमा भवन निर्माण कार्य सम्पन्न गरेको धन्यवाद दिए ।
तामाकोसी नदिबाट लिफ्ट प्रणालीबाट तानेको पानी उपभोक्ताहरूले निःशुल्क पानीको व्यवस्था गर्नु राम्रो काम भएको भन्दै थप सुधार र विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताएका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागमती प्रदेश मन्थलीका प्रमुख डिइ हुपेन्द्रराज जोशीले भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिले राम्रो र पारदर्शी तरिकाले काम गरेको बताए । सो कामबाट आफू उत्साहित भएको पनि उनले बताए ।
समितिका अध्यक्ष टीकाराम श्रेष्ठले संस्थाको सांगठानिक र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सिताराम कार्कीले पेस गरेका थिए । कोषाध्यक्ष कार्कीले आफ्ना संस्थागत र व्यक्तिगत गरी हाल १ सय ९१ घर धुरीले स्वच्छ खानेपानी उपभोग गर्दै आएको बताए । स्वच्छ खानेपानी, गुणस्तरीय काम र पारदर्शी कारोबारका आधारमा संस्थाले काम गर्दै आएको उनको भनाइ छ । भैसेश्वर खापाले हाल न्यूनतम मासिक ११ हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताहरूका लागि निःशुल्क पानी खुवाउँदै आएको र आगामी वर्षबाट यसको दायर अरू थप गरिने पनि कार्कीले जानकारी दिए ।
कार्यक्रमका खानेपानी योजना र भवन निर्माणसम्म आउँदा असल, कुशल र सफल व्यवस्थापनका लागि विभिन्न विधामा सहयोग गर्ने समिति र विभिन्न व्यक्तिहरुलाई प्रमुख अथितिद्धारा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कुल ४८ लाख ८८ हजार ८ सय ३१ रुपैयाँको अचल कोष रहेको संस्थाको वार्षिक सन्तुलन परीक्षण १ करोड ६४ लाख ४३ हजार ३ सय ८७ रुपैयाँ रहेको छ ।

प्रतिकृया

Add