खाँडादेवीको आर्थिक वर्ष २०८०/०८१ ‘शैक्षिक वर्ष’

 सोमवार, असार १८, २०८० | onlinenews

रामेछाप-  खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ लाई शिक्षा वर्षको रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । शैक्षिक सुधार एवं शिक्षा वर्षको रूपमा काम गर्ने योजना अगाडि सारिएको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले हाम्रो कार्यकालको ५ वर्षलाई ५ वटा मुख्य काम गर्ने वर्षको रूपमा विभाजन गरेका छौँ, त्यो अनुसार आउने वर्ष शिक्षाको वर्ष हो’ उनले भने । आफूले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न चाहेको भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
सोमवार पत्रकारहरुसंग कुरा गर्दै पालिका अध्यक्ष श्रेष्ठले ‘म सबैसँग मिलेर पालिकाका जनताको सेवा गर्न चाहन्छु । भ्रष्ट्राचार गर्दिन, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनहितमा काम गरेर पालिकालाई समृद्ध खाँडादेवी बनाउने सङ्कल्प गरेको छु अध्यक्ष श्रेष्ठले भने सबैले साथ दिनु होला । आर्थिक वर्ष २०८०÷०८१ मा डेढ करोड भन्दा बढी रकम पालिकाको बजेटको करिब १८ प्रतिशत शैक्षिक सुधारमा खर्च गर्ने गरी छुटाएको पनि उनले बताए ।
अध्यक्ष श्रेष्ठले भने शैक्षिक सुधारको लागि ५ वटा आधारभूत कुरालाई समेटेर कार्यपालिकाले नीति समेत पारित गरेको भन्दै अब शैक्षिक सुधारको काम गर्ने योजनामा छु । ५ वर्षमा १९१ कामलाई प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए ।
उनले पहिलो वर्ष कृषिलाई प्राथमिकता दिएको बताउँदै बाँकी रहेका ४ वर्षमा फरक–फरक क्षेत्रलाई प्राथमिकता दिएर ५ काम (कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पूर्वाधार) मा काम बताए ।
यस वर्ष किसानको उत्पादन बिक्रीको लागि सुलभ मूल्य पसल स्थापना गर्ने योजना रहेको उनको भनाइ छ । किसानबाट जति मूल्यमा सामान किन्यो त्यति नै मूल्यमा बिक्री गर्ने योजना रहेको बताए । सुपथ मूल्य पसलमा कर्मचारी लगायतका सबै व्यवस्थापनको काम गाउँपालिकाको कृषि अनुदान कार्यक्रम अन्तर्गत गरिएको बताए ।
खाँडादेवीका किसानले उत्पादन गरेको कृषि उपजहरूलाई पालिकाले किन्ने बताउँदै ‘किसानको उत्पादन बिक्रीको लागि सुलभ मूल्य पसल स्थापना गर्ने योजना बनाएका छौँ उनले भने । किसानबाट जति मूल्यमा सामान किन्यो, त्यति नै मूल्यमा बिक्री गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया

Add