बहुप्राविधिक शिक्षालयद्धारा प्रशिक्षक प्रशिक्षण तालिम

 सोमवार, असार १८, २०८० | onlinenews

रामेछाप-  रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीले उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ । उद्यम विकास सम्बन्धी प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण ‘टट्’ तालिम आयोजना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीका निमित्त प्रमुख पवन दाहालले जानकारी दिए ।
१० दिनसम्म सञ्चालन गरिएको उद्यम विकासशीलता तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षक प्रशिक्षण तालिमको सहजीकरण इश्वरीप्रसाद शर्माले गरेका थिए । व्यवसायीहरुलाई नयाँ प्रविधि तथा सीपसँग जोड्ने र जिल्लामा हुने उद्यमशिलता विकास तालिमका लागि आवश्यक प्रशिक्षक उत्पादन गर्नु तालिमको उद्देश्य रहेको दाहालले बताए । शिक्षालयले विभिन्न सीपमा आधारीत तालिमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया

Add