सर्मिलाको ‘कुन तार मिलेन’ बजारमा

 मङ्लबार, असार १९, २०८० | onlinenews

रामेछाप– गायिका सर्मिला फूयाँलको ‘कुन तार मिलेन’ बोलको गीत सार्वजननिक भएको छ । सोमवार ओएसआर डिजिटल नामक यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सर्मिला फूयाँल निर्माता रहेको ‘कुन तार मिलेन’ बोलको गीतमा निर्माता समेत रहेकी सर्मिला फूयाँल र कर्णराज गिरीको आवाज रहेको छ । सर्मिला सन्ध्याको लिरिक्स रहेको ‘कुन तार मिलेन’ बोलको गीतमा म्यूजिक कम्पोजरमा सर्मिला फूयाँल नै रहेकी छन् भने कोरस गायकका रुपमा बाबुल गिरी, खगेन्द्र थामी र सञ्जय विक रहेका छन् । बिक्रम चौहानको निर्देशन रहेको ‘कुन तार मिलेन’ मा अन्य कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती लगायत रहेका छन् ।

प्रतिकृया

Add