“शान्ति प्रिय आमा” पुस्तकको बिमोचन: डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत : उपसभामुख रानामगर

 मङ्लबार, असार १९, २०८० | onlinenews

 

काठमाडौ- विश्व प्रशिद्ध शान्तिबादी नेत्री डा.हाक जा हान मूनको (मदर मुन) आत्मबृतान्त “शान्ति प्रिय आमा” नेपाली भाषामा प्रकाशित भएको छ । संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गरिएको पुस्तक सोमवार एक कार्यक्रमकाबिच प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानाले पुस्तक बिमोचन गरेकी हुन् ।
पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मा बृतान्त संसारका सम्पूर्ण महिलाहरुको लागि प्रेरणाको श्रोत हुने भन्दै शान्ति र मानब कल्याणको खातिर उहाँको योगदान अतुलनीय रहेको बताइन् । उपसभामुख रानाले विश्वमा शान्तिबिना विकास सम्भव नभएको बताउँदै मानव जगतको समृद्धि र विकासका शान्ति बिना कुनै पनि हालतमा सम्भव नभएको उनको भनाइ छ । उपसभामुख रानाले आफूले विगतमा समाजसेवा गर्दा नागरिक समाजबाट सम्मान पाउँदा गर्व लागेको बताइन् । उनले डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत भएको बताइन् ।


युनिभर्सल पिस फेडरेशन एशिया प्यासिफिकका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य एवम एकनाथ ढकालले जीवनमा भोगिने विभिन्न खालका संघर्षबाट नै सफलता हासिल गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण डा.हाक जा हान मुन भएको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले डा.मुन आफै पनि विभिन्न संघर्ष पार गरेर विश्वमा परिचित महिला बन्नु भएकाले उहाँबाट अरुले पनि प्रेरणा लिन सक्ने बताए । ढकालले मदर मूनको नेपाल र नेपालीप्रति असिम प्रेम र लगाब रहेको बताउदै सधैँ नेपालको उन्नति र प्रगतिमा उहाँको साथ रहेकोमा आभार ब्यक्त गर्दै जीवनमा सफलताको लागि अनवरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मबृतान्तले दिएको बताए ।
कार्यक्रममा युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा चाल्र्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउदै नेपाली आत्मबृतान्तले सम्पूर्ण नेपालीलाई सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए । बिमोचन कार्यक्रममा श्रीराज पौडेल, रुचि लिम्बुले पूस्तकका केही अंश बाचन गरेका गिए । सो अवसरमा शोभा ज्ञवाली, गायक आनन्द कार्की, दीपक महर्जन लगायतले पुस्तकको विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।
विश्व शान्तिको लागि महिला संघकी बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभइ अरुको लागि पनि सेवा गर्नु पर्छ भन्ने जोड दिएको बताउदै शान्ति सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताइन । सोही अवसरमा बरिष्ठ संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाइ “शान्ति दुत“ सम्मान प्रदान गरिएको थियो । तत्कालिन उत्तर कोरियामा जन्मियकी श्रीमती डा हाक जा हान मुन कोरियाली युद्धसँगै दक्षिण कोरियामा शरणार्थी जीवनदेखि उनकी श्रीमान डा. सन म्योङ्ग मुनसँगको विवाह र त्यस पश्चात दम्पत्तीको रुपमा जीवनभर विश्व शान्तिको लागि गर्नु भएको जीवन संघर्षका अनुभूतिहरु आत्मबृतान्तमा समेटिएका छन् । बिमोचन कार्यक्रममा गायक आन्नद कार्की तथा अग्रता भट्ट, जिन्हु श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिकृया

Add