लायन्स क्लब अफ काठमाडौँ हलेसिको अध्यक्षमा गुप्ता

 मङ्लबार, असार १९, २०८० | onlinenews

 

रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं हलेसिमा लायन बर्ष सन् २०२३/२४ का लागि सुरेश प्रसाद गुप्ता अध्यक्ष पदमा चयन भएका छन् । लायन वर्ष २३/२४ का लागि अध्यक्ष गुप्ताका साथै प्रथम उपाध्यक्षमा शशी भट्टराई, द्वितीय उपाध्यक्ष प्रविण झा, सचिवमा अनन्त कुमार काफ्ले, कोषाध्यक्षमा अनुज बाबू घिमिरे, सर्बिस चेयरपर्सनमा देवराज जोशी, क्लब मेम्बरसिपमा माधुरी कुमारी, क्लब डायरेक्टरमा ओम प्रकाश घिमिरे र प्रगेश श्रेष्ठ चयन भएका छन् । यस क्लबका सन् २०२२/२३ का अध्यक्ष अभिषेक चालिसेज्यूको कार्यकाल सफलताका साथ सम्पन्न भई हाल एलसिआईएफ कोअर्डिनेटरमा चयन भएका छन् । त्यसैगरी प्रथम अध्यक्ष सन् २०२१/२२ मा यज्ञनिधी दाहाल रहेका थिए । अहिले सन् २०२३/२४ मा लायन्स क्लब ईन्टरनेशनल ३२५ एफका एडिसनल क्याबिनेट सेक्रेटरी पदमा चयन भएका छन् । अध्यक्ष चयन भएका गुप्ता लामो समयदेखि सामाजिक सेवामा समर्पित ब्यक्तित्व हुन् ।

  

लायन्स क्लब काठमाण्डौं हलेसिले डोलेश्वर महादेव स्थित आफ्नो घर आश्रमका प्रभुहरूलाई बेला बेलामा निःशुल्क सुगर प्रेसर चेक जाँच र औषधी उपलब्ध गराई दिने, विभिन्न आश्रममा भोजन गराउने बर्षेनी आँखा, दात चेकजाँच गराउने, ब्लड डोनेशन, वृक्षारोपन, स्कुलमा गरिब विद्यार्थीहरूलाई ब्याग–स्टेश्नरी समान वितरण गर्नुका साथै सामाजिक क्षेत्रमा हरेक वर्ष महत्वपूर्ण योगदान दिदै आएको छ । लायन्स क्लब काठमाण्डौँ हलेसीमा २४ जना सदस्यहरू रहेका छन् । यस बर्ष क्लब सदस्यहरूलाई बढि भन्दा बढि कार्यक्रमहरूमा सहभागिता गराएर प्रभावकारी कार्यहरू गरेर डिष्ट्रिक ३२५ एफमा उत्कृष्ट क्लब बनाउने क्लब अध्यक्ष गुप्ताले बताएका छन् ।

 

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • अस्मिता बुढाथोकी

    सर्बप्रथम त बधाई तथा शुभकामना ब्यक्त गर्न चाहान्छु आदरणीय सुरेस सर लाई आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य हरुमा आगाडी बडेको हेर्न पाउ ।