गहतराजको असामयिक निधन

 बिहिबार, असार २१, २०८० | onlinenews

रामेछाप- नेपाल सुनचाँदी कल व्यवसायी संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष एवम् सुन चाँदी व्यवसायी कृष्ण गहतराजको असामयिक निधन भएको छ ।
मन्थलीस्थित उनकै निवासमा बिहीवार बिहान ८ः३० बजेको समयमा छाती दुखेको बताएपछि उनलाई तत्कालै मन्थलीको तामाकोसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याउन साथ गहतराजलाई डाक्टरले मृत घोषणा गरे । चिकित्सकका अनुसार गहतराजको हृदयघातका कारण निधन भएको हो ।
पारिवारिक स्रोतका अुनसार गहतराज बिहान ब्याड्मिन्टन खेल्न गएका थिए । खेलेर फर्किएपछि छाती दुखेको बताए लगत्तै मोटरसाइकलमा अस्पताल लैजान खोज्दा उनी ढलेपछि अटोमा राखेर अस्पताल लगिएको थियो ।
पुर्ख्यौली घर काठमाडौँ रहेका गहतराज करिब दुई दशकदेखि मन्थलीमा श्रीकृष्ण सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । उनी नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय सदस्य समेत थिए ।

प्रतिकृया

Add