रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा तामाङ

 मङ्लबार, असार २६, २०८० | onlinenews

 

रामेछाप– रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा अमित तामाङ चयन भएका छन् ।

सोमवार सम्पन्न नगर उद्योग वाणिज्य संघको ८ औँ साधारणसभा तथा तेस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, उद्योग उपाध्यक्षमा देवबहादुर श्रेष्ठ महा सचिव रत्नबहादुर नेवार र कोषाध्यक्षमा धनराज खड्का चयन भएका छन् ।

त्यस्तै एसोसियट सदस्यमा चुक्तबहादुर मगर र सुधीर कार्की चयन भएका छन् भने सला सदस्यमा डम्बरबहादुर श्रेष्ठ, गोविन्दबहादुर बस्नेत र तुलसा कार्की चयन भएका छन् ।

प्रतिकृया

Add